back
NMB ad

कोरोनाबाट जल यातायात प्रभावित

Kumari bank ad

काठमाडौं । पर्यटनमा आधारित जल यातायात सञ्चालन गरिरहेका मोटरबोट सञ्चालकहरू लामो बन्दाबन्दीको प्रत्यक्ष मारमा परेका छन् । सिजनभर नै बन्दाबन्दीको मार खेपेका सञ्चालकहरू वर्षा सुरु भएसँगै बैङ्कको ऋणको सावाँ ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् ।

दुई वर्षदेखि नारायणी नदीमा मोटरबोट सञ्चालन गरिरहेको संस्था एमटीएस मोटरबोट प्रालिका सञ्चालक सोम आले मोटरबोट सञ्चालन गर्न नपाउँदा आफूहरू समस्यामा परेको गुनासो गर्छन् ।

“बन्दाबन्दीले परिवार नै कसरी पाल्ने भन्ने चिन्ता छ,” उनले भने, ’बैङ्क तथा वित्तीय संस्थाहरूले यही बेला किस्ताको सावाँ ब्याज तिर्न भनेर दबाब दिइरहेका छन् ।’

प्रालिको तीनवटा मोटरबोट नारायणी नदीमा सञ्चालनमा छन् । आलेले आफ्नो प्रालिअन्तर्गत बैङ्कमा १२ लाख रुपियाँ ऋण भएको बताउँछन् ।

मोटरबोट चलेको भए एउटै मोटरबोटबाट दैनिक छ÷सात हजार कमाउन गाह्रो थिएन । अहिले हाम्रो तीन÷तीनवटा मोटरबोट ठप्पै भएर बसेका छन्, उहाँको गुनासो थियो । आफ्नो १५ जना परिवार यसैको आम्दानीमा आश्रित रहेको पनि उनले बताए ।

यस्तै अर्का मोटरबोट सञ्चालक मदन कर्माचार्य पनि मोटरबोट नचल्दा चुलो नबल्ने अवस्था भएको गुनासो गर्छन् ।

हिउँदको सिजन मोटरबोट चल्ने राम्रो सिजन हो तर चैतदेखि जेठसम्म नै मोटरबोट बन्द गर्नुपर्ने अवस्था आयो, उनले थपे, ’असारदेखि असोजसम्म नारायणी बढ्ने हुँदा मोटरबोट चलाउन सकिने अवस्था नै रहँदैन ।’

वर्षा उनीहरूका लागि अफसिजन हो । कोरोनाले त गर्नुग¥यो, कसरी परिवार पाल्ने हो भन्ने चिन्ता भयो, उनको भनाइ छ । कर्माचार्यको सात जनाको परिवार छ ।

नारायणी नदीमा अहिले १३ वटा मोटरबोट सञ्चालनमा छन् । साढे १२ लाख रुपियाँदेखि एक करोड २५ लाख रुपियाँसम्म लगानी गरेका मोटरबोट अहिले कोरोनाको कहरले सञ्चालनमा आउन सकेका छैनन् । एउटामोटरबोटको कमाइ औसत दैनिक पाँच हजार रुपियाँ मान्ने हो भने पनि अहिले नारायणीमा रहेका १३ वटा मोटरबोटले दैनिक ६५ हजार रुपियाँ घाटा खाइरहेका छन् । जुन रकम महिनामा झन्डै २० लाख रुपियाँ हुन्छ ।

यस्तै नारायणी नदीमा नै क्रुज (सानो पानीजहाज) सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीको प्रभावले सञ्चालनमा ढिलाइ भएको छ । नारायणी नदीमा झन्डै दुई सय सिटको क्रुज चलाउने तयारी भइरहेका बेला बन्दाबन्दी भएको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले क्रुज सञ्चालनका लागि निर्माणको काम सकेर बसेको छ ।

यस्तै रङ्गमहल रिभर ल्यान्ड प्रालिले नारायणीमा नै टेस्ट ड्राइभ गरेको मिनी क्रुज पनि व्यावसायिक रूपमा सञ्चालनमा आउन नपाउँदै बन्दाबन्दीको मारमा परेको छ । यसले मिनी क्रुजसँगै प्रालिले दुईवटा जेटस्किम, दुईवटा

रिभरबोट र एक बनानाबोट पनि सञ्चालनमा ल्याएको थियो । यसका लागि प्रालिले झन्डै साढे तीन करोड रुपियाँ लगानी गरेको बताइन्छ ।

यस्तै बाग्मती प्रदेश सरकारको सहयोगमा राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले नारायणीमा क्रुज सञ्चालनका लागि २५ करोड रुपियाँ खर्च गरिसकेको जनाइएको छ । यो क्रुज साढे दुई तलामा २०० सिट रहेको छ । गोरखापत्र दैनिकमा वसन्त पराजुलीले यो खबर लेखेका छन् ।

वि.सं.२०७७ असार १२ शुक्रवार ०८:०३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...