back
NMB ad

फेरि लकडाउन घोषणा !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसका संक्रमित बढ्न थालेसँगै अमेरिकाका केही राज्यहरुमा पुनः लकडाउन घोषणा गरिएको छ । अमेरिकाका फ्लोरिडा र टेक्सासमा सबैभन्दा बढी नयाँ संक्रमित फेला परेसँगै यी राज्यमा पुनः व्यापार व्यवसाय खोल्नमा कडाइ गरिएको हो।

शनिबार अमेरिकाको फ्लोरिडामा लकडाउन घोषणा गरिएको थियो । यसअघि शुक्रबार नै पछिल्लो समय उल्लेख्य संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको टेक्सास राज्यमा लकडाउन घोषणा गरिएको थियो ।

शनिबार अमेरिकाको फ्लोरिडामा कोरोना भाइरसका नौ हजार पाँच सय नयाँ संक्रमित फेला परेका थिए । अघिल्लो दिन पनि यो राज्यमा करिब नौ हजार नयाँ संक्रमित फेला परेका थिए ।

अमेरिकाको संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले गत साता कोरोना भाइरस अमेरिकाको लागि गम्भीर समस्या बनेको बताएका थिए । उनले निकै छिटो प्रतिबन्ध खुकुलो पारिनु र मानिसहरुले कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना नगरेको कारण यो अवस्था आएको बताएका थिए ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका २५ लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने एक लाख २५ हजार नाघिसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लकडाउनको विपक्षमा देखिँदै आएका छन् । पहिलोपटकको लकडाउन गर्ने समयमा पनि ट्रम्पले अमेरिका लकडाउन गर्नको लागि नबनेको प्रतिक्रिया दिएका थिए । साथै लकडाउन लगाइएपछि पनि उनले राज्यहरुलाई छिटै नै लकडाउन खोल्न दबाब दिएका थिए । स्रोत : बीबीसी

वि.सं.२०७७ असार १४ आइतवार ११:१६ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...