back
NMB ad

विज्ञको दावी : नेपालमा सलहले ठूलो क्षति गर्दैन

Kumari bank ad

काठमाडौं । अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन । तीनै तहका सरकारको समन्वयमा नियन्त्रण प्रयास अगाडि बढाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाल्पा र रुपन्देहीको सैनामैनास्थित मकैमा केही क्षति गरेबाहेक अरू खासै क्षति गरेको छैन । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, ‘‘नेपालमा मनसुन सक्रिय भएकाले यसले खासै क्षति नगरेको हो । अब पनि क्षति गर्ने सम्भावना छैन ।’’ भारतबाट थप प्रवेश नगरे नेपालमा देखिएका सलह आफैँ हराएर जाने उनले बताए ।

विज्ञहरूका अनुसार पहेँलो रङको सलह धेरै दिनसम्म बाँच्न सक्दैन । वयस्क सलह चारदेखि पाँच हप्तासम्म बाँच्छन् र नेपाल भित्रिएको सलहमा वयस्क एकदम थोरै रहेको छ, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको भनाइ छ । नेपालमा देखिएको सलह आफ्नै बासस्थान फर्किनेछन् या नेपालमै हराउनेछन् भन्दै उनले थपे, हाल नेपालमा देखिएको कीराबाट आत्तिनुपर्ने अवस्था छैन तर भारतबाट अझै प्रवेश ग¥यो भने समस्या हुनसक्छ ।

उनले भने, ‘‘वर्षाका कारण सलहले पटकपटक ठाउँ सारिरहेको छ । त्यही भएर क्षति भएको छैन । घाम उदायो भने उसलाई शक्ति प्राप्त हुन्छ र झुन्ड बनाएर उड्छ । त्यसले भने क्षति गर्छ तर पानी परिरह्यो भने विस्तारै आफैँ हराउँछ यद्यपि ढुक्क भने हुन सकिन्न ।

कसरी हुन्छ नियन्त्रण ?

कृषि तथा पशुपन्छी मन्त्रालयले सलह नियन्त्रणका लागि गृहमन्त्रालयसँग समेत समन्वय गर्ने तयारी गरेको छ । अहिले सानो झुन्डमा आएको छ । भोलि गएर ठूलो झुन्ड आयो भने सुरक्षा संयन्त्रको पनि सहयोग लिनुपर्छ भनेर गृहमन्त्रालयसँग छलफल गरेको कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले जानकारी दिए। प्रत्येक प्रदेशमा ‘टाक्सफोर्स’ गठन गरिनुका साथै विषादी छर्नुपर्ने अवस्था आयो भने त्यसका लागि विषादी छर्किन दमकल, ट्याक्टर, स्प्रे, पीपीईलगायतका उपकरणको समेत व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

विषादी अन्तिम विकल्प

विषादी छर्नु अन्तिम विकल्प हो भन्दै प्रमुख हुमागाईंले भन्नुभयो, नेपालमा अहिले नै विषादी छर्किने अवस्था आइसकेको छैन, अहिलेलाई वैकल्पिक उपायहरू मात्र अपनाउने हो । गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले समाचार लेखेका छन् ।

वि.सं.२०७७ असार १५ सोमवार ०७:३६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...