back
NMB ad

बृहत गलकोट खानेपानी योजनाको भिडियो कन्फ्रेन्स मार्फत सांसद पौडेलद्वारा शिलान्यास

Kumari bank ad

थम्मन थापा, बागलुङ । बागलुङ क्षेत्र नं २ का संघीय सांसद देवेन्द्र पौडेलले भिडियो कन्फ्रेन्स मार्फत बृहत गलकोट खानेपानी योजनाको आज शिलान्यास गर्नुभएको छ ।

पण्डित रामचन्द्र गौतम र चिरञ्जीवी मरासिनीले स्वस्तिक बाचन गरी शिलान्यास कार्यक्रम विधिवत रूपमा शुभारम्भ गरिएको थियो । शिलान्यासपछि बोल्दै सांसद पौडेलले नेपाल सरकारले जनतालाई सर्वसुलभ रूपमा घर घरमै पानीको सुविधा पुराउने लक्ष्य अनुरुप काम सञ्चालन गरिरहेको बताउनुभएको छ ।

बृहत गलकोट खानेपानी योजनाले समृद्ध गलकोट निर्माणको उद्देश्यलाई साकार पार्ने उहाको भनाई छ । एक घर एक धाराको अवधारणा अनुरूप यो योजना सञ्चालन हुने पौडेलले बताउनुभयो ।

त्यसको लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहेको उल्लेख गर्नुभयो । पौडेलले भन्नुभयो यो योजना सम्पन्न भएपछि खानेपानीको लागि गलकोटबासी जनतालाई सहज हुनेछ ।

सांसद पौडेलले गलकोट विस्तारै विकासको मूलधार तर्फ उन्मुख रहेको भन्दै समयमै निर्माण कार्य सम्पन्न गर्न अनुरोध समेत गर्नु भएको छ ।

गलकोट नगरपालिका वडा नम्बर ७ मल्म ढुंगेखानी स्थित खानेपानीको मुहानमा शिलान्यास गरिएको कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यावस्थापन योजनाका वरिष्ठ इन्जिनियर शेखर चन्द्र केसीले योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

यो योजना तत्कालको लागि गलकोट नगरपालिका वडा नं ३, ५ र ७ मा सञ्चालन हुने परियोजनाले जनाएको छ । बहुवर्षीय योजना अन्तर्गत १५ करोडको लागतमा यो बृहत खानेपानी योजना सम्पन्न हुने बृहत गलकोट खानेपानी योजना निर्माण समितिका अध्यक्ष छुम बहादुर थापाले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा वडा सदस्य लोक बहादुर थापाले वडा सरकारको तर्फ बाट धारणा राख्नु भएको थियो । खानेपानी योजना निर्माण कार्य सम्पन्न भएपछि एक घर एक धारा हुनेछन् । खानेपानी योजनाको अहिले पाइपलाईन निर्माण, ट्याङ्की, इन्टेक, क्याच मेन निर्माण हुने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।

विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत चैत ११ गतेदेखि देशमा जारी लक डाउनको कारण भिडियो कन्फ्रेन्स मार्फत शिलान्यास कार्यक्रम गरिएको निर्माण समितिका सचिव रुद्र केसीले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा जनप्रतिनधि, स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, निर्माण समितिका पदधिकारीहरु, अनुगमन समितिका पदधिकारीहरु, सल्लाहकार सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । समय सापेक्ष प्रविधिको प्रयोग गरी भिडियो कन्फ्रेन्स मार्फत गलकोटमा पहिलो पटक शिलान्यास कार्यक्रम गरिएको हो ।

वि.सं.२०७७ असार १५ सोमवार १२:१२ मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...