back
NMB ad

बढाइयो कर्मचारीको अनिवार्य अवकाशका लागि उमेर हद

Kumari bank ad

काठमाडौं । सरकारी सेवामा रहेका कर्मचारीको अनिवार्य अवकाशका लागि उमेर हद बढाइएको छ । यसअघि ५८ वर्षमा अनिवार्य अवकाश पाउनेमा अब ६० वर्षमा मात्रै कर्मचारीले अनिवार्य अवकाश पाउनेछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्तुत गरेको निजामती विधयेकमाथि छलफल गर्दै संसदको राज्य व्यवस्था समितिले तयार गरेको प्रतिवेदनमा उमेर हद ६० वर्ष बनाउने उल्लेख छ ।

’निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने छ,’ प्रतिवेदनमा भनिएको छ । सुरुवाती विधयेकको दफा ५४ लाई संशोधन गर्दै समितिले तयार गरेको प्रतिवेदनमा भनिएको छ, ’उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए पनि नेपाल स्वास्थ्यबाहेक अन्य सेवाका निजामती कर्मचारीको हकमा देहायको अवधिसम्मका लागि अनिवार्य अवकाश हुने उमेर हद देहायबमोजिम हुनेछ–

क) संवत् २०७७ साल असार मसान्तसम्मका लागि ५८ वर्ष।
ख) संवत् २०७७ साल साउन १ गतेदेखि संवत् २०७९ साल असार मसान्तसम्मका लागि ५९ वर्ष।’

वि.सं.२०७७ असार १६ मंगलवार १३:५३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...