back
NMB ad

कोरोना कहर : १५ हजार कर्मचारी कटौती गर्दै !

Kumari bank ad

काठमाडौं । यूरोपेली विमान निर्माता कम्पनी एयरबसले १५ हजार रोजगारी कटौती गर्दैछ । कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटको प्रभावसँग जुध्न कम्पनीले यस्तो कदम चालेको हो ।

बेलायतमा मात्रै यसले १ हजार ७ सय कर्मचारी निकाल्दैछ । जर्मनी स्पेन र अन्यत्र पनि रोजगारी कटौती गरिनेछ । यसबारे कर्मचारी संगठनसँग वार्ता हुने बताइएको छ । संगठनहरुले भने अनिवार्य कटौतीको विरोध गरिरहेका छन् ।

विश्वभर एयरबसमा करीब १ लाख ३४ हजार कर्मचारी कार्यरत छन् । यीमध्ये १० प्रतिशत बेलायतमा छन् । कर्मचारी कटौतीसम्बन्धी थप विवरण यसै हप्ताको अन्त्यमा आउने छ । रोजगारी कटौती टारेर टार्न नसकिने थियो ।

प्रश्न यसको पीडा कति गहिरो हुन्छ भन्ने मात्रै हो । कोभिड–१९ को महामारी विमान कम्पनीको लागि महाविपत्ति बनेको छ । अप्रिलमा विश्वको हवाई यात्रा ९० प्रतिशतभन्दा धेरैले घटेको थियो ।

हवाई यात्राको माग घटेपछि विमान कम्पनीहरुलाई बाँच्न धौं धौं भइरहेको छ । यस्तोमा उनीहरु नयाँ विमान किन्ने त कुरै भएन । फलतः एयरबसले उत्पादन पनि घटाएको छ । घोषणा गरिएको रोजगारी कटौती आगामी वर्षको गर्मीयामसम्म पूरा हुने बताइएको छ ।

अधिकांश कटौती स्वेच्छिक वा कर्मचारीहरुका चाँडै सेवा निवृत्तिमार्फत हुने अपेक्षा गरिएको छ । हालैका महीनामा कम्पनीको उत्पादन ४० प्रतिशतले घटेको छ । छिटोमा सन् २०२३ सम्ममा हवाई यात्रा महामारीपूर्वको स्तरमा फर्किने अपेक्षा कम्पनीले गरेको छैन ।

कम्पनीले अहिलेसम्मकै गम्भीर संकटको सामना गरिरहेको एयरबसका प्रमुख कार्यकारी गुलियम फरी भन्छन् । कम्पनीले अहिलेसम्म अपनाएको उपायहरुले महामारीका शुरुआती झट्का सोस्न मद्दत गरेको भएपनि संकटबाट स्वस्थ्य रुपमा शीर्ष विमान निर्माताको रुपमा कसरी उब्रिने भन्ने सुनिश्चित गर्नु पर्ने भएको उनको भनाइ छ । हालैका दिनमा विमान सेवा प्रदायकहरुले पनि भटाभट कर्मचारी कटौती गरिरहेका छन् । -एजेन्सी

वि.सं.२०७७ असार १७ बुधवार १७:१४ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...