back
NMB ad

कोरोना कहर : महँगो भाडा र बैंक ऋणको मारमा न्यूरोडका व्यापारी

Kumari bank ad

काठमाडौं । लकडाउनका कारण लामो समयसम्म पसल खोल्न नपाएर मारमा परेका साना तथा मझौला व्यवसायी यति बेला पसल खोल्न पाए पनि व्यापार नहुँदा चिन्तित बनेका छन् ।

न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत ठूला व्यापारिक केन्द्रहरूमा व्यापार गर्ने अधिकांश साना तथा मझौला व्यापारीहरू व्यापार नभएपछि चिन्तित भएका हुन् ।
लकडाउन होउन्जेलसम्म पसल खोल्न पाइएन भन्ने पीर थियो, अहिले पसल खोल्न पाए पनि व्यापार नहुँदा घरभाडादेखि बैंकको किस्ता र ब्याज आदि कसरी तिर्ने पिरलो यथावत् रहेको व्यापारीहरू बताउँछन् । पसल खोलेर व्यापार व्यवसाय गर्नेभन्दा पनि बिहान आएर धूपबत्ती बाल्ने अनि दिनभरि टाइमपास गरेर घर जाने काम मात्रै भएको उनीहरूको भनाइ छ । अलिअलि व्यापार भएको पनि स्टाफहरूको तलबमै जान्छ । बाहिरबाट नयाँ सामान ल्याउन नपाएकाले ग्राहक आइहाले पनि उनीहरूले खोजेका सामान दिन सक्ने अवस्था नभएको राष्ट्रिय व्यापार संघका अध्यक्ष कमल अग्रवालले बताए ।

पूर्णरूपमा लकडाउन खुले पनि तत्काल व्यापार भइहाल्ने अवस्था नभएका कारण व्यापारीहरूका लागि राज्यले कुनै न कुनै पहल चाल्नैपर्ने उनको भनाइ छ । ‘लकडाउनले गर्दा चैत महीनादेखिको कर बुझाएका छैनौं, अब एकैपटक ६ महीनाको कर तिर्नुपर्ने अवस्था छ । व्यापार शून्य जस्तै छ कसरी तिर्ने ? त्यसमाथि घरभाडाले समेत तनाव दिइरहेको छ,’ उनले भने ।

हाल खिचापोखरी न्यूरोड, सुन्धारा, असनलगायत क्षेत्रका व्यापारीहरूले कम्तीमा १५ हजारदेखि १ लाख ५० हजारसम्म घरभाडा तिर्ने गरेका छन् । यस क्षेत्रका २२ र २४ नं वडामा मात्रै करीब २० हजारभन्दा बढी साना व्यवसायी छन् ।

महँगो भाडा तिरेर व्यवसाय सञ्चालन गरेका व्यापारीहरूलाई यति बेला घरभाडाले समस्या थपिरहेको छ । सार्वजनिक यातायात नचलेका कारण पोखरा, बुटवल, नाराणघाट, नेपालगञ्जलगायत ठूला शहरका व्यापारीसमेत सामान किन्न आउन सकेनन्, जसले गर्दा पनि व्यापार झनै खस्केको व्यापारीहरूको अनुभव छ ।

सुन्धारास्थित काठमाडौं मलमा व्यापार गर्ने व्यापारीहरूको समस्या झनै चिन्ताजनक भएको त्यहाँ व्यापार गर्ने व्यापारीहरू बताउँछन् । लकडाउन खुकुलो भएर सबै मल खुल्दा पनि हालसम्म काठमाडौं मल खुल्न सकेको छैन ।

काठमाडौं मल व्यवस्थापनको जिम्मेवारी पाएको दिवासपना जेभी नामक कम्पनीले बत्तीको समस्या देखाएर अहिलेसम्म व्यापारीहरूलाई पसल खोल्न दिएको छैन ।

यसले गर्दा त्यहाँ व्यापार गर्ने कतिपय व्यापारीले व्यवसाय नै छोडेर हिँडिसकेका छन् भने कतिपय छोड्ने क्रममा भएको मलमा व्यापार गर्ने व्यापारीहरूले बताएका छन् । काठमाडौं मल व्यवस्थापनको कमजोरीका कारण साना व्यवसायीलाई पलायन हुन बाध्य पारिएको उनीहरूको आरोप छ ।

हाल काठमाडौं मलभित्र सानाठूला गरी करीब १ सय २० जना व्यापारी छन् । ती व्यापारीले मासिक २० हजारदेखि ५ लाखसम्म भाडा तिर्ने गरेका छन् ।

काठमाडौं जिल्लाका उद्योगी व्यवसायीहरूलाई समेटेर बनाइएको काठमाडौं जिल्ला उद्योग व्यवसायी कोभिड–१९ संकट व्यवस्थापन समितिले उद्योगीव्यवसायीहरूबाट अनिवार्य र जबर्जस्ती रूपमा ऋणको साँवाब्याज असुल नगरिदिन बैंक तथा वित्तीय संस्थासँग माग गरेको छ ।

लकडाउन अवधिलाई शून्य समय घोषणा गरी यस अवधिको साँवा, ब्याज, किस्ता र जरीवाना रकम पूर्णरूपमा छूट दिन माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले १ करोडसम्मको ऋणको ब्याज मिनाहा गर्नुपर्ने, ५ करोडसम्मको सबै शीर्षकको ऋण ५० प्रतिशत र सोभन्दा माथिको हकमा २५ प्रतिशत छूट दिनुपर्नेलगायतका माग समितिले राखेको छ ।

आफ्ना माग सम्बोधन नभए दबाबमूलक कार्यक्रम गरिने नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले जनाएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले शुक्रवारदेखि नै आन्दोलनको तयारी गरिएको बताए । आर्थिक अभियान दैनिकमा प्रसान्त खड्काले समाचार लेखेका छन् ।

वि.सं.२०७७ असार १८ बिहीवार ०६:०३ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...