back
NMB ad

नागरिक लगानी कोषको नाफामा १२% वृद्धि

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषले चैत मसान्तसम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कोषको नाफामा गत वर्षको तुलनामा १२ प्रतिशत बढी खुद नाफा भएको छ ।

गत वर्ष तेस्रो त्रैमाससम्म ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको कोषले यस वर्ष सोहि अवधिसम्ममा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

यस वर्ष कोषको कुल आम्दानी ७ करोड ८५ लाख रुपैयाँ भएको छ भने कुल खर्च २० करोड २६ लाख रुपैयाँ भएको छ । कुल आम्दानी गत वर्षभन्दा २१ प्रतिशत बढी र खर्च ३४ प्रतिशत बढी भएको छ । आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट २२ प्रतिशत बोनस वितरण गरि कोषले चुक्तापुँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ ।

कोषको जगेडा कोष रकम गत वर्षभन्दा ४२ प्रतिशत बढी ७ अर्ब २४ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यस अवधिसम्म कोषको जगेडा कोषमा ५ अर्ब ८ करोड ८५ लाख रुपैयाँ थियो । कोषको मुद्दती निक्षेप गत वर्षभन्दा यस वर्ष ११ प्रतिशत बढी ८५ अर्ब १४ करोड रुपैयाँ छ ।

कोषले विभिन्न कम्पनीको सेयरमा १० अर्ब १९ करोड ९४ लाख रुपैयाँ बराबर लगानी गरेको छ । यो लगानी गत वर्षभन्दा साढे ६७ प्रतिशत बढी भएको हो । धितोपत्र बजारमा आगामी साउनदेखि सहायक कम्पनी मार्फत स्टक डिलरको काम गर्ने तयारी गरेको कोषले धितोपत्रमा लगानी बढाएको छ । प्रतिसेयर आम्दानी ३१ रहेको कोषको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ रहेको छ ।

कोषले गत आवको मुनाफाबाट २२ प्रतिशत बोनस सहित १.१६ प्रतिशत नगद लाभांश प्रस्तावसहित विविध प्रस्ताव पारित गर्न असार २० गते वार्षिक साधारण सभा गर्दैछ । यस वर्ष कोषले बोनस पश्चात कायम चुक्तापुँजीको आधारमा ८२.८४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत गरेको छ ।

वि.सं.२०७७ असार १८ बिहीवार १२:०२ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...