back
NMB ad

गरिमा बैंकले मिनाहा गर्‍यो असारको ब्याज

Kumari bank ad

पोखरा । गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायातलाई असार महिनाको व्याज रकम राहतस्वरुप पूरै छुट दिने जनाएको छ ।

कोभिड–१९ का कारण जारी बन्दाबन्दीले यातायात क्षेत्रमा देखिएको असहजतालाई ध्यान दिदैँ बैँकले सो निर्णय गरेको हो । बैंकमा सुरक्षणका रुपमा सम्बन्धित सवारी साधनसमेत धितो राखी यात्रुवाहक बस, मिनिबस, माइक्रो बस, जिप र ट्याक्सीलगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका ऋणीलाई उक्त सुविधा प्रदान गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिमको गत बैशाख, जेठ र असार महिनाको ब्याजदरमा दुई प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक असारको व्याज रकम राहतस्वरुप पूरै छुट दिने निर्णय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ऋणीले असार मसान्तभित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।

वि.सं.२०७७ असार १८ बिहीवार १३:०० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...