back
NMB ad

उपत्यकामा कोरोना संक्रमण बढ्दै : भेटिए १५४ जना संक्रमित !

Kumari bank ad

काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् ।

एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १५४ पुगेको छ । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडौंमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडाँैमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ ।

रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौँमा कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलिएको दाबी गरे। उनले हालसम्म काठमाडौँ उपत्यकामा आयातीत व्यक्ति मात्र सङ्क्रमित रहेको जानकारी दिँदै जति जनालाई परीक्षण गरिएको छ ती सबै विदेशबाट आएको बताए । उनले१२ व्यक्ति अस्पतालमा जटिल रोग लिएर भर्ना भएका हुन्, उनीहरूलाई कसरी कोरोना स¥यो भन्ने विषय निक्र्यौल हुन सकेको छैन भने।

डा. पाण्डेका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका व्यक्तिका घर, वरपरका व्यक्तिलाई कोरोना परीक्षण गर्न लागिएको जानकारी दिए । केही स्थानका टोल टोलमा परीक्षण गर्ने तयारी भइरहेको भन्दै शनिबार २५० जनाको कोरोना परीक्षण गरिएको बताए ।

काठमाडौंमा हालसम्म कोरोना देखिएकामध्ये सबैभन्दा बढी व्यक्ति कुवेत, साउदी, कतार लगायतका मुलुकबाट आएका व्यक्ति रहेको जानकारी उनले दिए । काठमाडौँमा देखिएका सङ्क्रमितमध्ये १२ जनाको मात्र कोरोनाको स्रोेत पहिचान गर्न नसकिएको स्पष्ट गर्दै उनलेती स्थानमा स्वाब सङ्कलन गर्न थालिएको बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण समुदाय स्तरमा गइसकेको दाबी गर्नुभयो । सरकारले कोरोनाविरुद्ध गरेका काम कोरोना नियन्त्रणभन्दा पनि कोरोना सार्ने खालको भएको भन्दै उनलेयही तरिकाबाट कोरोनाको जोखिम नघट्ने दाबी गरे।

दैनिक सयौँ एम्बुलेन्स, गाडी थानकोट र साँगा नाकाबाट भित्रिरहेको भन्दै डा. मरासिनीले ती व्यक्तिबाट उपत्यकामा कोरोना भित्रिसकेको हुन सक्ने बताए । उपत्यका भित्रिने प्रमुख नाकामा प्रयोगशाला स्थापना गरेर बाहिरी जिल्लाबाट उपत्यका भित्रिने व्यक्तिको कोरोना परीक्षण गर्नुपर्ने उनलेबताए ।

कोरिया, अस्ट्रेलिया लगायतका मुलुकको उदाहरण दिँदै उनलेनेपालमा पनि ती देशको मोडल अनुसार कोरोना नियन्त्रण सम्भव हुने जानकारी दिए । सरकारले कोरोनाविरुद्ध चालेका कदमले भने कोरोना नियन्त्रण हुनै नसक्ने उहाँको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले काठमाडौंउपत्यकामा देखिएका कोरोना सङ्क्रमित विदेशबाट आएको बताए । अहिलेको अवस्थामा काठमाडौँमा समुदाय स्तरमा कोरोना फैलिएको भन्न नमिल्ने उनले बताए ।

यसैबीच काठमाडौंँको ढलको पानीमा समेत कोरोना भाइरस देखिएको अनुुसन्धानले देखाएको छ । ढलको पानीमा गरिएको अध्ययनले कोरोना भाइरस पुष्टि भएको देखाएको हो । सार्स–२ इन्भाइरोमेन्टल सर्भिलेन्सले दुई महिनादेखि काठमाडौंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो । जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले ढलको पानीमा कोरोना रहेको अध्ययनले देखाएको पुष्टि गर्दै यसले काठमाडौंउपत्यकामा समुदाय स्तरमा कोरोना भएको प्रमाणित गरेको जानकारी दिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले एक गैरसरकारी संस्थाले गरेको अध्ययनमा ढलको पानीमा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको बताए । उनलेयो विषयमा अनुसन्धान नभएकाले ढलको पानी सङ्कलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको स्पष्ट पार्नुुभयो । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।

वि.सं.२०७७ असार २१ आइतवार ०७:१५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...