back
NMB ad

बजेट अभावले कार्यसम्पादनमा समस्या

Kumari bank ad

काठमाडौं । संवैधानिक आयोगहरुमा पदाधिकारी बजेट समयमै उपलब्ध नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको छ । सरकारले आयोगहरुलाई अधिकार पनि नदिने तथा पदाधिकारी र बजेट समेत समयमा नदिँदा कार्यसम्पादनमा समस्या हुने गरेको छ ।

आयोग गठन भएको लामो समय बित्दा समेत अझै धेरै आयोगहरुमा पदाधिकारीहरु पूर्ति गरिएको छैन । संसदको महिला तथा सामाजिक समितिमा आयोगको प्रतिवेदनमा माथिको छफफलमा मुस्लिम आयोगका प्रतिनिधिहरुले बजेट र पदाधिकारी समयमै उपलब्ध नहुँदा कार्यसम्पादनमा समस्या भएको बताए ।

आयोगका सचिव शम्भुबहादुर खड्काले पुरै अधिकार पनि नदिने पदाधिकारी पनि समयमा नदिए आयोग गठन गर्नुको औचित्य नहुने बताउनुभयो । सरकारले अहिले दिएको बजेटको ८० प्रतिशत भन्दा बढी रकम तलब भत्तामै सकिने गरेकोले स्रोतहरु कम हुँदा कार्यम गर्न समस्या भएको उहाँले बताउनुभयो ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले कुनै पनि संवैधानिक आयोगमा सरकारले पर्याप्त स्रोत साधनको व्यवस्था गर्न नसकेको बताउनुभयो । पछाडि पारिएका समुदायको उत्थानका लागि गठन भएका आयोगहरुमा प्रयाप्त स्रोत साधन नहुँदा काम गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो ।

आयोगको प्रतिवेदन माथिको छलफलमा सांसदहरुले मुस्लिम समुदायभित्र देखिएका समस्याहरु समाधानका लागि काम गर्न आग्रह गरेका थिए । सांसद लक्ष्मी परियारले सबैभन्दा ठूलो कुरा शिक्षा र स्वास्थ्य भएकाले त्यसलाई ध्यान दिनुपर्ने बताउनुभयो । मुस्लिम समुदायमा महिला हिंसाका घटनाहरु बाहिर नआउने समस्या रहेको उल्लेख गर्दै महिलाको अधिकारलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने तर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद गंगा चौधरी सत्गौवाले मदरशाहरुलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । शिक्षा क्षेत्रमा मुस्लिम समुदाय धेरै पछाडि रहेको उल्लेख गर्दै उहाँले मदरशाहरुलाई व्यवस्थित गरी लोकसेवा आयोगमा समुदायको प्रतिनिधित्व गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

सांसद शिव कुमार मण्डलले मदरशाहरुलाई प्राविधिक शिक्षासँग जोड्न आवश्यक रहेको बताउनुभयो । रामायण, महाभारत र कुरानका कुराले मात्रै कुनै पनि समुदायको जीवनस्तर सुधार्न नसकिने उहाँले बताउनुभयो ।

अर्का सांसद नारायण प्रसाद खतिवडाले पदाधिकारी र पैसा अपुग भयो भनेर काम रोक्न नहुने बताउनुभयो । नीति निर्माण तहमा गर्नुपर्ने काम नेतृत्व भएपछि सहज हुने भन्दै नेतृत्व प्राप्त गरेको निकायहरुले काम शुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समिति सभापति निरुदेवी पालले मुस्लिम समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र शैक्षिक क्षेत्रको मूल प्रवाहमा ल्याउन जरुरी रहेको बताउनुभयो । लैङ्गिक हिंसालाई प्रथामिकताका साथ नियन्त्रण गर्न र मदरशाहरुको अभिलेखिकरण गरी व्यवस्थित गर्न उहाँले आयोगलाई निर्देशन दिनुभयो । उहाँले आवश्यकता अनुसार प्रतिफल आउने कार्यक्रम सञ्चालनका लागि समस्या हुन नदिन अर्थ मन्त्रालयलाई समेत निर्देशन दिनुभयो ।

समितिले कोरोना नियन्त्रणका लागि आयोगले देखाएको तत्परताको सराहना गरेको छ । आगामी दिनमा समेत सतर्कताका साथ काम गर्न समितिले आग्रह गरेको छ ।

वि.सं.२०७७ असार २१ आइतवार १५:०७ मा प्रकाशित

You can share this post!

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...