back
NMB ad

मन्त्री ढकालद्वारा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ शिखर सम्मेलनलाई सम्बोधन (पूर्णपाठ)

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय शिखर सम्मेलन २०७७ मा सम्बोधन गर्नुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्धारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले परिषद्ले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ ।

साथै स्वास्थ्य सेवालाई सर्बसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी रहेको बताउनुभयो ।

यस्तो छ मन्त्री ढकालको सम्बोधन:

कार्यक्रमका सभापतिज्यू,
माननीय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीज्यू,
श्री स्वास्थ्य तथा जनसंख्या सचिवज्यू,
विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकज्यू,
नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिज्यू,
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी सदस्य सचिवज्यू र अन्य पदाधिकारीहरु,
सम्मेलनका सहभागीहरु र पत्रकार मित्रहरु ।

  • ड्ड नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्धारा आयोजित यस स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैठौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न पाउँदा मलाई खुशी लागेको छ ।
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो स्थापनाकाल देखि स्वास्थ्यका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानद्धारा समग्र स्वास्थ्य क्षेत्रको बिकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
  • स्वास्थ्य सेवालाई सर्बसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरुमा अनुसन्धान हुन जरुरी छ ।
  • यस परिषदले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रहरुको पहिचान गरी प्रथमिकताका आधारमा रहेर ती क्षेत्रहरुमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनिय भूमिका खेलेको छ ।
  • स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ र आगामि दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र बिकास तथा सुदृढिकरणका लागि स्वास्थ्य मन्त्रालयल सदैव तत्पर रहने छ ।
  •  त्यसैगरी अहिलेको कोभिड–१९को महामारीको सम्बन्धमा नेपाल सरकारले निरन्तर रुपमा यसको विरुद्ध खटिरहेको छ । त्यसै क्रममा परीक्षणको लागि एउटा मात्रै प्रयोगशाला रहेकोमा अहिले यो संख्या बढाएर २५ पुगिसेको छ र अझै विस्तार हुने क्रममा छ ।
  • नेपाल सरकारले कोभिड १९ को नियन्त्रणका लागि लक डाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारीहरु निरन्तर रुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाह गर्ने जस्ता रणनीतिहरु अपनाउँदै आएको छ । साथै प्रभावित व्यक्तिहरुको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तहरुको उच्चतम अभ्यास भएको छ ।
  •  हालसम्म नेपाल सरकारबाट भईरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारको तर्फबाट आवश्यकता अनुसार थप कार्यक्रमहरु गराउँदै जाने योजना लिएको छ र त्यसका लागि सबैको साथ ऐक्यवद्धता भई एकजुट रुपमा यस महामारी विरुद्ध लड्न आव्हान गरिन्छ ।
  • वर्तमान अबस्थामा यस अनुसन्धान परिषद, कोभिड–१९ले निम्त्याएको चुनौतिको सामना गर्दै छैठौँ सिखर सम्मेलन सञ्चालन गर्न सफल भएकोमा बधाई दिदै कार्यक्रम सफल रहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।

    धन्यबाद ।

वि.सं.२०७७ असार २२ सोमवार १४:०६ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...