back
NMB ad

भोलिदेखि लागू हुनगरि फेरि लकडाउन : पसल तथा व्यवसायहरु बन्द हुने !

Kumari bank ad

काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा ६ साताका लागि लकडाउनको घोषणा गरिएको छ । भिक्टोरिया राजयका प्रिमियर डेनिअल एन्ड्र्युले मंगलबार कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै मेलबर्नमा ६ साता लकडाउन गरिने घोषणा गरेका हुन् ।

यो लकडाउन बुधबार मध्यरातिदेखि लागू हुनेछ । लकडाउनको क्रममा मानिसहरुलाई खाना किन्न जाने, काममा जाने, स्वास्थ्य सेवा लिनेरदिने, व्यायाम गर्ने लगायतका कामलाई मात्र बाहिर निस्किन दिइनेछ ।

भिक्टोरियाको मिचेल सायरमा पनि ६ साताको लागि लकडाउनको घोषणा गरिएको छ । रेष्टुरेन्टलगायतका यसअघि खोल्न अनुमति पाएका व्यवसायहरु भने लकडाउनमा बन्द हुनेछन् ।

प्रिमियर एन्ड्र्युले मुलुकमा सबैभन्दा खराब अवस्था आउन नदिन सबै मानिसले लकडाउनको नियमको पलना गर्नु जरुरी रहेको उनको भनाइ छ ।गत शनिबारदेखि मेलबर्नका तीन हजार मानिसको बसोबास रहेको नौ हउजिङ टावर लकडाउन गरिएको छ ।

उनीहरुलाई उक्त भवनबाट बाहिर निस्किने अनुमति दिइएको छैन भने खानाको व्यवस्था सरकारले गर्दै आएको छ । मंगलबार भिक्टोरियाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९१ नयाँ संक्रमित फेला परेको बताएको थियो । यो एकैदिनमा भेटिएका अहिलेसम्मकै धेरै नयाँ संक्रमित हुन् । स्रोत: सीएनएन

वि.सं.२०७७ असार २३ मंगलवार १७:४१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...