back
NMB ad

बाढीले मध्य भोटेकोशी आयोजनामा अर्बौको क्षति, एक चिनियाँ प्राविधिक बेपत्ता

Kumari bank ad

काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पु¥याएको छ । एक जना चिनियाँ प्राविधिक बेपत्ता समेत भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिएका छन् ।

आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । इलेक्ट्रोमेकानिकल सामान राख्ने १४ नम्बर साइटमा बाढी पसेको र धेरै उपकरणहरु बगाएको उनले जानकारी दिएका छन् ।

काफ्लेका अनुसार आयोजनाका लागि तीन वटा महँगा उपकरणहरु टर्बाइन रनर, जीआईएस र जीटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरणहरु ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । सो स्थानमा नीलो जस्ताको छानो भएको सेड मात्र देखिन्छ ।

सीईओ काफ्लेले भने, ‘२०७३ सालमा पनि यहाँ ठूलो बाढी आएको थियो, त्यतिबेला धानेको थियो । तर, यसपटक बाढीले ठूलो क्षति पु¥यायो ।’ मध्य भोटेकोशी आयोजनाको पावर हाउसमा पनि माटो भरिएको छ । तर, पावर हाउस भत्किएको भने छैन ।

वि.सं.२०७७ असार २५ बिहीवार १३:१८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...