back
NMB ad

नबिल बैंक र हुवावेबिच सहकार्य, डिजिटल बैंक बन्न नबिलले हुवावेको प्रविधि प्रयोग गर्ने

Kumari bank ad

काठमाडौं । नबिल बैंकले हुवावे टेक्नोलोजिजसँग बुधबार एक कार्यक्रमका बिच रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा हुवावे टेक्नोलोजीज नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गरेका हुन् ।

नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले हुवावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गर्दै यो रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित लिडिङ डिजिटल बैंक बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमा बोल्दै हुवावे टेक्नोलोजीज नेपालका प्रतिनिधिले हुवावेको क्लाउड प्रविधि, आर्टिफशियल इन्टेलिजेन्स तथा मेसिन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

हुवावेका अनुसार हाल विश्वका ५०० उत्कृष्ट कम्पनीहरु मध्ये २२८ तथा उत्कृष्ठ १०० मध्ये ५८ कम्पनीहरुको प्रविधिमा आधारित परिवतर्नका प्रकृयामा विश्वसनीय सहयात्रीको भूमिका निर्वाह गरिरहेका छ ।

साथै हुवावे डेटामा आधरित सेवा, खुला बैंकिङ अवधारणा, एन्ड टु एन्ड डिजिटल कनेक्टिभिटी जस्ता उच्च प्राविधिक सेवाहरु मार्फत आफ्ना विश्वव्यापी ग्राहकहरुलाई सबलिकरण गरिरहेको छ ।

हाल विश्व भरी १६०० भन्दा बढी वित्तीय संस्थाहरु हुवावेका ग्राहक छन् जस मध्ये उत्कृष्ट ४५ संस्थाहरु सर्वोत्कृष्ट १०० मा छन् ।

वि.सं.२०७७ असार २५ बिहीवार १४:१३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...