back
NMB ad

आजदेखि चल्दैछन् सार्वजनिक सवारी साधन, यी हुन् पालना गर्नुपर्ने नियमहरु

Kumari bank ad

काठमाडौं । साढे तीन महिनापछि आज (शुक्रबार) देखि देशैभरी सार्वजनिक यातायात सञ्चालनमा आउँदैछन्। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गएको ११ चैतदेखि लकडाउन घोषणा गरेको थियो। त्यसको तीन दिन अघि (चैत ८) देखि नै सार्वजनिक यातायात बन्द भएका थिए।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी दिएका हुन्।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा विधि अपनाई सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।

अब काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निर्वाध रुपमा सार्वजनिक सवारी सञ्चालन हुनेछन्। देशका अन्य जिल्लाको हकमा भने सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न दिने निर्णय सरकारले गरेको छ । उपत्यकाबाहेक अन्य जिल्लाका हकमा भने एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन।

मन्त्री खतिवडाका अनुसार सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जना मात्र बस्न पाउने, यात्रुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र सावारी साधनको ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ।

सरकारले छोटो दूरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि लामो दूरीको सवारी चलाउन अनुमति दिएको छैन। सरकारी निर्णयअनुसार अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने छ। सिट क्षमता आधा मात्र प्रयोग हुने भएपछि भाडादर भने दोब्बर बढाइएको छ।

आजदेखि सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुँदैछ। बसमा ५० प्रतिशत भाडा वृद्धि भए पनि ट्याक्सीको भाडा भने बढाइएको छैन। ट्याक्सीले बढी भाडा लिन नपाउने प्रवक्ता खतिवडाले जनाए।

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्नेछ। एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त गर्नुपर्नेछ।

सरकारले ट्याक्सीको हकमा भने चालकबाहेक दुई जनासम्म यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो । एउटै परिवारका सदस्य भएको खण्डमा भने ५ वर्षमुनिका बालबालिकालाई अभिभावकसँगै राख्न पाइने छ।

वि.सं.२०७७ असार २६ शुक्रवार ०७:१० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...