back
NMB ad

सबै किसिमको समारोहमा रोक लगाउने निर्णय : विवाहस्थल र शोक सभाहरु पनि बन्द गर्ने !

Kumari bank ad

काठमाडौं । इरानका राष्ट्रपति हसन रौहानीले शनिबार इरानमा भिड हुने सबै किसिमको समारोहमा रोक लगाउने घोषणा गरेका छन् । इरानमा पुनः कोरोना भाइरसका संक्रमित बढेसँगै इरानले यस्तो निर्णय गरेको हो ।

यद्यपि इरानको अर्थतन्त्र भने खुला रहने उनले बताएका छन् । राष्ट्रपति रौहानीले टेलिभिजनमा यस्तो घोषणा गरेसँगै तेहरानको प्रहरीले विवाहस्थल र शोक सभाहरु बन्द गर्ने बताएको छ । प्रहरीका अनुसार अर्को सूचना नआएसम्म यी स्थलहरु बन्द रहनेछन् ।

इरानले गत अप्रिल महिनाको मध्यदेखि लकडाउन खुकुलो पार्न शुरु गरेको थियो । तर, हालैका दिनमा भने इरानमा कोरोना संक्रमितको संख्या बढेको छ । शनिबार इरानमा कोरोना भाइरसको कारण १८८ जनाको मृत्यु भएको थियो र यससँगै इरानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १२ हजार ६३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा इरानमा कोरोना भाइरसका दुई हजार ३९७ नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म इरानमा कोरोना भाइरसका संक्रमितको संख्या दुई लाख ५५ हजार ११७ पुगिसकेको छ ।

यसैबीच राष्ट्रपति रौहानले भने, ‘समग्र इरानमा समारोह बन्द गर्नुपर्ने अवस्था देखिएको छ । यी सभा उत्सवका हुन् कि दुःखका । यो कुनै उत्सव तथा सेमिनारको समय होइन ।’

इरानमा युनिभर्सिटीको प्रवेश परीक्षा पनि रद्द गरिएको छ । इरानमा कोरोना भाइरसका संक्रमित बढ्नुको कारण यस किसिमका समारोह रहेको अधिकारीहरुले बताएका छन् ।

इरानका कोरोना भाइरस टास्क फोर्सका एक सल्लाहकारले कोरोना भाइरस नियन्त्रणका नियमहरु पालना नगरिएको खण्डमा इरानमा ५० देखि ६० हजार मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् । स्रोतः बीबीसी

वि.सं.२०७७ असार २८ आइतवार १३:३८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...