back
NMB ad

फेरि घट्यो सिमेन्ट, डन्डी र क्लिंकरको मूल्य : अब कुनको कति ?

Kumari bank ad

काठमाडौं । बन्दाबन्दी केही खुकुलो हुनासाथ निर्माण सामग्रीको मूल्य बढाएका सिमेन्ट तथा फलामे छड उत्पादकहरूले अहिले पुनः मूल्य घटाएका छन् ।

सरकारले निर्माण सामग्रीसहित ४४ प्रकारका उद्योग व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि सिमेन्ट उद्योगीहरूले जेठमा प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका थिए ।

पूर्वाधार निर्माणको अफ सिजन शुरू भइसकेको र कोरोना महामारीका कारण माग पनि घटेपछि अहिले सिमेन्ट, फलामे छड र क्लिंकरको मूल्यसमेत घटेको हो ।

बन्दाबन्दीकै बीच पछिल्लो १ महीनाकै अवधिमा सिमेन्टको मूल्यमा कमी आएको व्यवसायीहरू बताउँछन् । अहिले सिमेन्टमा प्रतिबोरा औसतमा ५० रुपैयाँसम्म मूल्य घटेको छ भने फलामे छडको मूल्य प्रतिकेजी ४ सम्म घटेको छ ।

मूल्य घटेसँगै अहिले अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) को औसत मूल्य प्रतिबोरा ७००–७२५ रुपैयाँ छ भने पोर्टल्यान्ड पोज्जोलना (पीपीसी) प्रतिबोरा ६०० रुपैयाँसम्ममा किन्न पाइन्छ । यसअघि ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा क्रमशः ७६०–८०० रुपैयाँसम्म र पीपीसीको मूल्य ६५० रुपैयाँसम्म थियो ।

सिमेन्टलगायत निर्माण सामग्रीको माग घट्दा सिमेन्ट उत्पादकहरूले डिलरहरूमार्फत करोडौंको उधारो कारोबारलाई पनि बन्द गरेका छन् । आजको आर्थिक अभियान दैनिकमा हेमा विकले समाचार लेखेकी छन् ।

वि.सं.२०७७ असार २९ सोमवार १०:५० मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...