काठमाडौं । सोमवार सुनको भाउ थोरै बढेको छ । आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सामान्य बढेर तोलामा ९२ हजार ३०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यस्तैगरी चाँदी पनि रु १० बढी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ असार २९ सोमवार १०:५८ मा प्रकाशित