back
NMB ad

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवसायीको यस्तो सुझाव

Kumari bank ad

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्थालाई हेरेर ल्याउनुपर्नेमा सबैको जोड रहेको छ । सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी नै मौद्रिक नीति ल्याउने तयारीमा रहेको राष्ट्र बैंकले सबै क्षेत्रका सुझाव समेट्ने कोशिस गरेको छ ।

नेपाल राष्ट्र बैंकले साउन पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । मौद्रिक नीतिबारे सबैसँग सुझाव संकलन गरिरहेको केन्द्रीय बैंकले कोरोना भाइरसबाट प्रभावित निजी व्यवसायिक क्षेत्रका समस्या समाधान गर्ने आश्वासन दिएको छ । पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकको छ । मौद्रिक नीतिले आर्थिक पुनरुत्थानमा जोड दिनेछ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकार भट्ट निजी क्षेत्रका व्यवसायीले भने अबको तरलताको व्यवस्थापनका लागि मुख्य आशा नै मौद्रिक नीति रहेको बताउनुहुन्छ । व्यवसायीले मौद्रिक नीतिमा मुख्यतः पुनर्कर्जा, ब्याजदर र पुनसंरचनालाई जोड दिनुपर्ने बताउँदै आएका छन् । व्यवसायी नाफा भन्दा पनि अर्थतन्त्रलाई जोगाउन लागि परिरहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाई छ ।

यतिबेला सबैको ध्यान राष्ट्र बैंकतिर केन्द्रित छ । बैंकको ब्याजदर कम गर्नलाई बैंकरहरु प्रयासरत छन् । मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्था हेरेर आउनुपर्ने नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको सुझाव छ । राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेको बेला राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति नेपालको अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बनाउनमा केन्द्रित बन्नुपर्नेछ ।

वि.सं.२०७७ असार २९ सोमवार ११:५८ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...