back
NMB ad

जापानको अर्थतन्त्र अर्को वर्ष ४.७ प्रतिशतमा खुम्चिने

Kumari bank ad

टोकियो । जापानको केन्द्रीय बैंकले आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने जनाएको छ । बैंकले सन् २०२२ मा अर्थतन्त्रमा सुधार भए पनि गहिरो अनिश्चितता कायम रहने पूर्वानुमान गरेको छ ।

जापानका नीति निर्माताहरुले अर्थतन्त्रमा ५.७ देखि ४.५ प्र्रतिशतसम्म गिरावट आउने बताउँदै आएका थिए । जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसको दोस्रो लहर आउने खतरा रहेकाले अहिल्यै पूर्वानुमान गर्न कठिन रहेको पनि जनाएको छ ।

बैंक अफ जापानले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, “जापानको अर्थतन्त्र यस वर्षको मध्यपछि सुधार हुन सक्ने देखिएको छ, तर कोरोनाभाइरस नियन्त्रणमा नआए आर्थिक वृद्धिको दर सामान्य मात्र हुनेछ ।”

बैंकले विश्व अर्थतन्त्र निरन्तर सुधारको क्रममा हुने अपेक्षा गरिएको बताउँदै जापानको कूल गार्हस्थ्य उत्पादन ३.३ प्रतिशत मात्र हुने जनाएको छ । तर अस्थिरता व्यापक रहेकाले अहिल्यै अर्थतन्त्रको परिस्थिति मूल्याँकन गर्न कठिन रहेको बैंकको भनाई छ ।

जापानको अर्थतन्त्रलाई सुदृढ बनाइराख्न केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत पनि सम्बोधन गर्ने प्रयास गरिरहेको छ । एएफपी

वि.सं.२०७७ असार ३१ बुधवार १३:४८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...