back
NMB ad

भोलिदेखि सबै विद्यालय खुल्ने

Kumari bank ad

काठमाडौं । भोलिदेखि सबै विद्यालय खुल्ने भएका छन् । भोलि साउन २ गतेदेखि हुम्लाको खार्पुनाथ गाउँपालिकाले पालिकाका सबै विद्यालय खोल्ने निर्णय हो । जिल्ला कोरोनामुक्त भएको भन्दै गाउँपालिकाले विद्यालय खोल्ने निर्णय गरेको बताइएको छ ।

‘जिल्लाका हालसम्म कोरोना संक्रमित छैनन्, संक्रमित क्षेत्रबाट गाउँ फर्किएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ,’ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले भने, ‘साउन २ गतेबाट सबै विद्यालय पठनपाठन सुरु हुन्छ ।’

गाउँपालिकाका धेरै विद्यार्थी संख्या भएका विद्यालयमा दुई सिफ्टमा पठनपाठन गरिने छ । ‘धेरै विद्यार्थी संख्या भएको विद्यालयमा विहान ६ बजेदेखि १० बजेसम्म एउटा सिफ्ट र १० बजेदेखि ४० बजेसम्म अर्को सिफ्टमा पठनपाठन सुरु गर्छाैं,’ अध्यक्ष रावलले भने, ‘शिक्षकको पीसीआर गरिन्छ, विद्यार्थीहरुले सेनिटाइजर, मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्छन् ।’

गाउँपालिकाले जिल्ला बाहिरका शिक्षकलाई पीसीआर परीक्षण गरेरमात्रै सम्बन्धित विद्यालयमा उपस्थित हुन अनुरोध गरेको छ । गाउँपालिकाले क्वारेन्टिन बनाइएका सबै विद्यालयहरुमा सेनिटाइजर गरिसकेको छ । खार्पुनाथमा लामो समयदेखि क्वारेन्टिनहरु खाली छन्। साउनयता कोही पनि संक्रमित क्षेत्रबाट गाउँ फर्केका छैनन् ।

खार्पुनाथमा चार वटा माध्यमिक, तीन वटा आवासीय र दश वटा आधारभूत गरी जम्मा १७ वटा विद्यालयहरु छन् । हुम्ला कर्णाली प्रदेशको एकमात्रै कोरोनामुक्त जिल्ला हो ।

वि.सं.२०७७ साउन १ बिहीवार ०८:०७ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...