back
NMB ad

खस्किएको अर्थतन्त्र सुधारका लागि आर्थिक स्थायित्व, साझेदारी र विश्वव्यापी सहयोगको आवश्यक : उपाध्यक्ष कंडेल

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कंडेलले कोरोना भाइरसेले अर्थतन्त्रमा पारेको असरबाट माथि उठ्नका लागि आर्थिक स्थायित्व, बहुसरोकारवालहरुसंगको साझेदारी आवश्यक रहेको बताउनुभएको छ ।

उपाध्यक्ष कंडेलले कोरोना भाइरसका कारण आर्थिक वृद्धि लगायत अर्थतन्त्रका सबै क्षेत्रहरुमा नकारात्मक असर परिरहेको र यसबाट माथि उठ्न आर्थिक स्थायित्व, बहुसरोकारवालाहरुसंगको साझेदारी तथा विश्वप्यापी सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्द्वारा हरेक वर्ष आयोजना हुने उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा नेपालले दिगो विकास लक्ष्यका लागि प्रगति समिक्षा सहितको दोस्रो स्वेच्छिक राष्ट्रिय समिक्षा प्रस्तुत गर्दै उपाध्यक्ष कंडेलल यस्तो बताउनुभएको हो ।

बैठकमा नेपालको समिक्षा प्रस्तुत गर्दै उपाध्यक्ष कंडेलले संघ, प्रदेश र स्थानीय तहमा कार्यान्वयन भईरहेको दिगो विकास लक्ष्यको प्रगति तथा नेपालले अवलम्बन गरेका असल अभ्यासहरु, दिगो विकास लक्ष्यको २०१९ सम्मको कार्यान्वयन अवस्था तथा भावी योजनाहरुको बारेमा जानकारी गराउनुभयो ।

दिगो विकास लक्ष्यको “कसैलाई पछाडी नछोड्ने“ (Leaving No One Behind) को आकाँक्षा अनुरुप नेपालले कार्य गरिरहेको र दिगो विकास लक्ष्यको कार्यान्वयन सम्बन्धमा नेपालले अवलम्बन गरेका कानूनी, नीतिगत तथा संरचनागत पक्षहरु उल्लेख गर्नु भएको थियो ।

उपाध्यक्ष कंडेलले सामाजिक न्याय तथा वातावरणीय सन्तुलन सहित दिगो विकास लक्ष्यको आर्थिक आयाममा तीब्र विकास हासिल गर्नुपर्ने विषयमा जोडदिनुभयो ।

प्रतिनिधिमण्डलमा राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य तथा सचिव, जिल्ला समन्वय समिति महासंघ नेपालका अध्यक्ष, एवं राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालयका सह–सचिवहरु तथा गैरसरकारी संस्था महासंघ नेपाल एवं दलित गैरसरकारी संस्था महासंघका प्रतिनिधिहरु सहभागी रहनुभएको छ ।

यसक्रममा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्षले समेत आफ्नो धारणा राख्नुभएको थियो। प्रस्तुत समिक्षाका सम्बन्धमा सहभागी सदस्य राष्ट्र तथा सरोकारवालाहरुले राखेका प्रश्न र जिज्ञाशाहरुको प्रा.डा. कंडेलले सम्बोधन गर्नुभएको थियो।

उच्चस्तरीय राजनीतिक मञ्चले दिगो विकासका लागि २०३० एजेण्डाको कार्यान्वयन, अनुगमन, र समीक्षाको लागि नेतृत्व, मार्गदर्शन र सिफारिशहरू प्रदान गर्ने गर्दछ ।

उक्त मञ्चमा स्वेच्छिक राष्ट्रिय समीक्षाको संयन्त्रमार्फत् सदस्यराष्ट्रहरूले दिगो विकास लक्ष्यहरुको कार्यान्वयनमा भएका प्रगति, कार्यान्वयनमा रहेका समस्या र चुनौतीहरू प्रस्तुत गर्दछन् ।

नेपालले पहिलो स्वेच्छिक राष्ट्रिय समीक्षा सन् २०१७ मा प्रस्तुत गरेको थियो । यस वर्ष नेपालसहित अन्य ४७ राष्ट्रहरुले स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरिरहेका छन् ।

उच्चस्तरीय राजनीतिक मञ्‍चको यस वर्षको मुख्य विषय Accelerated action and transformative pathways: realizing the decade of action and delivery for sustainable development रहेको छ। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको “कोभिड-१९” को कारण उच्चस्तरीय राजनीतिक मञ्‍चको बैठक विद्युतीय माध्यम (Virtual) बाट असारदेखि साउन २ गतेसम्म सञ्चालन भइरहेको छ।

वि.सं.२०७७ साउन १ बिहीवार १२:१० मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...