back
NMB ad

निजी विद्यालयले लकडाउन अवधिकाे शुल्क नलिने

Kumari bank ad

नवलपरासी । नवलपरासी–९ बर्दघाट(सुस्ता पश्चिम)का निजी तथा संस्थागत विद्यालयले लकडाउन अवधिको शुल्क नलिने घोषणा गरेका छन्। शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन्।

२०७७ वैशाखदेखि विद्यालय पूर्णरुपमा सञ्चालन नहुँदासम्म विद्यार्थीबाट कुनै शुल्क नलिने निर्णय गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पश्चिम नवलपरासीका अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए। ’विद्यालयले लिने गरेको मासिक शुल्क, कम्युटर, यातायातलगायतका कुनै पनि शुल्क विद्यालय पूर्णरुपमा सञ्चालन नभएसम्म नलिने निर्णय गरेका छौँ’, उनले भने।

वैशाखदेखि असारसम्मको शिक्षक(कर्मचारीको पारिश्रमिक सम्बन्धित विद्यालयले आफैं स्वेच्छिक व्यवस्थापन गर्ने तर साउनदेखि सबै शिक्षकलाई बेतलबी बिदामा पठाएको अध्यक्ष गुरुङले बताए।

लकडाउनका कारण विद्यालय बन्द रहँदा कुनै आम्दानी नभएकाले शिक्षकको पारिश्रमिक भुक्तानी गर्न निजी विद्यालयलाई समस्या छ, उक्त अवधिको पारिश्रमिक स्वेच्छिक व्यवस्थापन गर्ने जिम्मेवारी विद्यालयले लिएका छन्’, उनले भने।

वि.सं.२०७७ साउन २ शुक्रवार १९:५४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...