back
NMB ad

सार्वजनिक जग्गा : छोरादेखि ज्वाइँसम्मलाई !

Kumari bank ad

काठमाडौं । सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यालयले कोहलपुर नगरपालिका–४ (साविक रझेना–३) स्थित ६ बिघा पर्तीरऐलानी जग्गा हचुवामा बाँडेको पाइएको छ ।

पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको ७७, ७८ र ७९ कित्ता नम्बरको जग्गा ४१ जनालाई पहुँचका भरमा जग्गा वितरण गरिएको हो ।आयोगले ०६९ फागुन २३ गते साविक रझेना–३ का कित्ता नम्बर ८२ देखि १९४ सम्म वितरण गरेको थियो ।

तीनतले घर भएका स्थानीय विष्णुकुमार अर्यालले छोरा, धर्मपुत्रतर्फकी बुहारी, ज्वाइँ र बहिनीज्वाइँसमेतका नाममा जग्गा दर्ता गराएको भेटिएको छ । दुईपटक गरेर आयोगले उनको परिवारलाई २१ कट्ठा जग्गाको लालपुर्जा दिएको छ ।

अर्यालले पहिलोपटक ०५२ सालमा राजमार्गबाट उत्तरपट्टिको कित्ता नम्बर ११८ रहेको १ कट्ठा जग्गा प्राप्त गरेका थिए । उक्त जग्गामा उनले घर बनाएका छन् । अर्याल र उनका परिवारका सदस्यले दोस्रोपटक राजमार्गभन्दा दक्षिणको जग्गा पाएका छन ।

मालपोत कार्यालयको स्रेस्तामा उल्लेख भएअनुसार अर्यालका नाममा रहेको १३ नम्बर कित्तामा मात्रै ५ कट्ठा छ । उनका छोरा युद्धजंगका नाममा ५ कट्ठा छ । अर्यालकी धर्मपुत्र बुहारी विजया भट्टराईका नाममा ५ कट्ठा देखिन्छ ।

अर्यालका ज्वाइँ सन्तोष बीसीका नाममा २ कट्ठा र बहिनीज्वाइँ रामजी क्षत्रीका नाममा ३ कट्ठा जग्गा दर्ता रहेको मालपोतको स्रेस्तामा उल्लेख रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।

वि.सं.२०७७ साउन ३ शनिवार ०९:०७ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...