back
NMB ad

तीन दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाले गरे मर्जर तथा एक्विजिशन

Kumari bank ad

काठमाडौं । लघुवित्त कम्पनी बाहेक तिन दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाले मर्जर तथा एक्विजिशन गरेका छन् ।

एक वर्षको अवधिमामा तिन दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिशन गरेका हुन् । बाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा गाभिएर ग्लोबल आइएमई बैंकको नामबाट २०७६ मंसिर २० गतेबाट कारोबार शुरु भइसकेको छ ।

त्यसैगरी प्राइम कमर्शिलय बैंकले कैलाश विकास बैंकलाई गाभेर गत फागुन २९ गते बाट एकीकृत कारोबार शुरु गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई एक्विजिशन गरेर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नामबाट गत असोज २७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो भने तिनाउ मिसन डेभलपमेण्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ति गरी गत मंसिर २२ गतेदेखि संयुक्त कारोबार शुरु गरिसकेको छ ।

त्यसैगरी प्राइम कर्मशियल बैंकले कन्काई विकास बैंकलाई गाभेर गत फागुन २९ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो भने, एनएमबि बैंक र ओम डेभलपमेण्ट बैंक एकआपसमा गाभिई गत असोज ११ गतेदेखि, ग्लबोल आइएमई बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गरेर गत भदौ १८ गते, नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति गरेर गत असार ३०, सप्तकोशी डेभलपमेण्ट बैंक र काबेली विकास बैंक एक आपसमा मर्जर गरेर सप्तकोशी डेभलपमेण्ट बैंकको नामबाट गत असार २२ गतेदेखि संयुक्त कारोबार शुरु गरिसकेका छन् ।

त्यस्तै देबः विकास बैंकले वेष्र्टन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि देवः विकास बैंकको नामबाट गत असार ३० गतेबाट एकीकृत कारोबार शुरु गरेको थियो । पछि देवः विकास बैंकलाई कुमारी बैंकले प्राप्ति गरी २०७७ असार २८ गतेबाट कुमारी बैंकको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपालको नामबाट २०७७ असार २१ गतेबाट एकीकृत कारोबार शुरु गरेको थियो भने सिटीजन्स बैंक इन्टरनेशनलले सहयोगि विकास बैंकलाई प्राप्ति गरी २०७७ असार गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।

त्यसै प्राइम बैंकले ललितपुर फाइनान्सलाई गाभ्ने,समृद्धि फाइनान्सले क्रिस्टल फाइनान्सलाई, सिटी एक्सप्रेस फाइनान्सलाई नेपाल इन्भेष्टमेण्ट बैंकले, सनराइज बैंकले सृजना फाइनान्सलाई र एनएमबि बैंकले कञ्चन डेभलपमेण्ट बैंकलाई गाभ्ने सम्झौता गरेका छन् । हालसम्मा यी बैंक तथा वित्तीय संस्थाले भने संयुक्त कारोबार शुरु गरेका छैनन् ।

मर्जर तथा एक्विजिशनपछि नेप्सेमा २६ ओटा वाणिज्य बैंक, १७ ओटा विकास बैंक र १४ ओटा फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ ।-आर्थिक अभियानबाट

वि.सं.२०७७ साउन ३ शनिवार १५:१७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...