back
NMB ad

कालोपत्रे गरेको दुई रात नटिकेपछि भुक्तानी रोक्का

Kumari bank ad

काठमाडौं । पासाङल्हामु सडक मर्मत गरेको दुई दिनमै खाल्डैखाल्डा परेको छ । वर्षासंगै हतारमा काम गरेर बजेट सक्ने चटारोमा यस्तो भएकोमा स्थानीयले गुनासो गरेका छन् ।

पासाङल्हामु सडकको त्रिशूली कालिकास्थान सडकखण्ड अन्तर्गतको कालिकास्थान बजार क्षेत्रमा जानुकादेवी कन्स्ट्रक्सनले काम गर्ने जिम्मा पाएको थियो ।

वर्षात्को समयमा हतारोमा झारा टार्नेजस्तो काम भयो, कालिका गाउँपालिका–२ का नागरिक अगुवा झङ्कनाथ न्यौपानेले भने, कालिकास्थान बजारजस्तो ठाउँमा पनि सडक पिच गरेको दुई दिन टिकेन भने अन्यत्र के होला ?

जानुकादेवी कन्स्ट्रक्सनले १९ स्क्वायर मिटर सडक मर्मतको जिम्मा पाए पनि काम पूरा नगरेकाले भुक्तानी रोकेको सडक विभाग नुवाकोटले जनाएको छ ।

छ महिना अगाडि नै टेन्डर भए पनि ठेकेदारले समयमा काम नथालेकाले वर्षात्को समयमा काम गर्दा कालोपत्रे उप्केको सडक विभागका इन्जिनियर राजेन्द्र श्रेष्ठले बताए ।

कालिकास्थानको गन्तव्य पेट्रोल पम्पनजिकै नाली र ह्युमपाइप नभएकाले पनि समस्या भयो, सडक पिच उप्केको हो, अब सडक विभागले मर्मत गर्छ, श्रेष्ठले बताए ।

सडक विभागले उत्तरगया कन्स्ट्रक्सनका घनबहादुर गुरुङ र जानुकादेवी कन्स्ट्रक्सनका लेखनाथ अधिकारीलाई सो सडक मर्मतको काम जिम्मा दिएको थियो । लागत इस्टिमेटअनुसार काम नगरेकाले भुक्तानी रोकेको सडक विभागले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ साउन ४ आइतवार ०७:५४ मा प्रकाशित

You can share this post!

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...