back
NMB ad

विद्यालय क्षेत्र विकासका लागि जापानको ३३ करोड ५० लाख अनुदान

Kumari bank ad

काठमाडौँ । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित एक सम्क्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सोही अवसरमा जापानी अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका)का प्रमुख प्रतिनिधि युमिको आसाकुमा र अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले उक्त कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट नेपाललाई स्तरोन्नति गर्न तथा २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त देशमा स्तरोन्नति हुने नेपाल सरकारको लक्ष्यप्राप्तिमा सघाउने दिशामा विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न जापानी अनुदान उपयोगी हुने विश्वास गरिएको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १८:०० मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...