back
NMB ad

नेप्सेमा १३ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको शुरुवातको सात दिन भित्रमा धितोपत्रको दोस्रो बजारमा १ करोड ५७ लाख ६ हजार ७१६ दशमलव ५० कित्ता शेयर सूचीकृत भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट बोनस शेयर वितरण गर्ने घोषणा गरेका विभिन्न कम्पनीहरुले यतिवेला आएर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा धमाधम सूचीकृत गराउन थालेका छन् ।

यो साता १३ ओटा कम्पनीको शेयर सूचीकृत भएकोमा मिर्मिरे लघुवित्त र तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्राप्ति पश्चातको शेयर र नबिल बैंकको ऋणपत्र बाहेक अन्य १० ओटा कम्पनीको बोनस शेयर रहेको छ ।

मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गरेपश्चात कायम भएको ८६ हजार ९४० कित्ता शेयर र तिनाउ मिसन डेभलपमेण्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ति पश्चात कायम ५३ लाख १६ हजार ५८९ कित्ता शेयर सूचीकृत गराएको हो ।

यो साता नविल बैंकको ऋणपत्र पनि सूचीकृत भएको छ । बैंकले २० लाख कित्ता ऋणपत्र कारोबारका लागि सूचीकृत गराएको हो । नविलले गत चैत २ गतेदेखि चैत १६ गतेसम्म उक्त ऋणपत्र सर्वसाधारणलाई विक्री गरेको थियो ।

वार्षिक १० प्रतिशत ब्याजदरको नबिल डिबेञ्चर– २०८२ लाई बैंकले कारोबार गर्ने गरि सूचीकृत गराएको हो । यो वाहेक अरुणभ्याली हाइड्रोपावर, चौतारी लघुवित्त, आरम्भ लघुवित्त, किसान माइक्रोफाइनान्स, देवः विकास बैंक, साना किसान लघुवित्त, समता लघुवित्त, डिप्रोक्स लघुवित्त र स्पर्श लघुवित्तले बोनस शेयर सूचीकृत गराएका छन् ।

सूचीकृत भएका ती कम्पनीका शेयर हितग्राही खातामा जम्मा भएपश्चात मात्र शेयरधनीले कारोबार गर्न सक्नेछन् ।

(आर्थिक अभियानबाट)

वि.सं.२०७७ साउन ९ शुक्रवार १५:४४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...