back
NMB ad

साउन १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय !

Kumari bank ad

दमौली । तनहुँका निजी विद्यालयले साउन १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेसँगै प्रशासन र विद्यालय सञ्चालकबीच द्वन्द्व श्रृजना भएको छ।

शनिबार बसेको निजी विद्यालयका छाता संगठन प्याब्सन र एन प्याब्सनको संयुक्त बैठकको साउन १५ गतेबाट विद्यालय चलाउने निर्णयपछि प्रशासनले यसो हुन नदिने बताएको छ। ‘सरकारले भदौबाट मात्र विद्यालय भर्ना गर्न अनुमति दिएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने,‘सरकारको निर्णयबेगर काम गर्ने अनुमति उहाँहरुलाई कसले दियो ?’

उनले सरकारको निर्णयबेगर पठनपाठन सञ्चालन भएमा कारवाही गर्ने बताए। ‘उहाँहरुलाई यसरी निर्णय गर्ने अधिकार छैन,’ बरालले भने,‘यदि अटेर गरेमा हामी रोक्छौं।’ तर निजी विद्यालय सञ्चालकहरुले भने अन्यत्र पनि पठनपाठन सञ्चालन हुन थालेकाले स्थानीय सरकारहरुलाई जानकारी गराएर पठनपाठन अघि बढाउने निर्णय गरेका छन्। ‘विद्यालयमा आउने वातावरण बनाउन अब कक्षा सञ्चालन गर्ने गरी निर्णय गरेका हौं’, एनप्याब्सन तनहुँका सह सचिव विश्वास केसीले भने,‘अब कक्षा चलाउँछौं।’

दुवै संस्थाले बैठकपछि गरेको निर्णयमा विद्यालयमा सरसफाई, तापक्रम मापन र स्यानिटाइजरको व्यवस्था गर्ने उल्लेख छ। विद्यालय सञ्चालन गर्ने भने पनि ती संस्थाले स्कूल बस भने केही समय नचलाउने उल्लेख गरेका छन्। ‘केही दिन सामान्य हिसाबले कक्षा चलाउँछौं’, नागिलाले भने,‘त्यसपछि प्राप्त प्रतिक्रियाका आधारमा अघि बढ्छौं।’ तर सरकारले विद्यालय खुलाउन अनुमति नदिइसकेको अवस्थामा भोलि प्रशासनले रोकेमा के गर्ने भन्नेमा भने सञ्चालकहरु द्विविधामा छन्। ‘हामीले गरेको निर्णय स्थानीय सरकार र प्रशासनलाई पनि जानकारी गराउँछौं,’ न्यू मनकामना अंग्रेजी स्कुलका सञ्चालक तिलकबहादुर चौहानले भने,‘सामुहिक निर्णय भएकाले भोली केही समस्या आएमा सल्लाह गरेर अघि बढ्ने कुरा भएको छ।’

जिल्ला सभाले नै विद्यालय खुलाउनका लागि प्रदेश र संघमा अनुरोध गरेकाले आफूहरुलाई पठनपाठन अघि बढाउन बाटो खुलेको उनको दाबी छ।

भीमादमा टोल टोलमा पठनपाठन

जिल्लाका धेरै तहले पठनपाठन नियमित बनाउनेमा अहिल्यै ठोस निर्णय गरिसकेका छैनन्। तर केहीले पठनपाठन थालेका छन् भने केहीले थाल्नका लागि बाटो खुलाएका छन्। केही दिनअघि बसेको व्यास नगर सभा बैठकले साउन १५ बाट भर्ना र अरु तयारीका लागि विद्यालय खोल्न दिने निर्णय गरेको छ। तर त्योभन्दा अघि बढेर भीमाद नगरपालिकाले भने असार महिनाबाटै विद्यालय सञ्चालनमा ल्याएको छ। ‘हामीले असारबाट नै विद्यालयलाई सक्रिय बनाएका छौं,’ नगर प्रमुख मेखबहादुर थापाले भने,‘विद्यालयमा कक्षा नभए पनि टोल टोलमा गएर कक्षा लिने काम भैरहेको छ।’

उनले औपचारिक रुपमा विद्यालयमै कक्षा नचलाए पनि विद्यार्थी भर्ना लिने र समुदायमा गएर पठनपाठन भने चलिरहेको बताए। ‘विद्यालय निष्क्रिय नहोस् र पठनपाठन चलिरहोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने। नगरपालिकाले नियमित रुपमा प्रधानाध्यापकहरुको बैठक पनि गरिरहेको छ। ‘अहिलेसम्म सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौं’, मेयर थापाले भने। अन्नपूर्ण पोष्ट अनलाइनबाट

वि.सं.२०७७ साउन ११ आइतवार १६:१२ मा प्रकाशित

You can share this post!

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...