back
NMB ad

स्थायी शिक्षकहरुका लागि आयोगले जारी गर्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने सम्वन्धी सूचना निकालेको छ । आयोगको शैक्षिक वर्ष २०७६ को कार्यसम्पादन मूल्याङ्कन फारम भर्न छुट भएका शिक्षकहरुले कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने सम्वन्धी सूचना निकालेको हो ।

आयोगले गत वैशाख ३० गते नै फारम भर्न भनेता पनि कोभिड १९ का कारण विषम परिस्थिती उत्पन्न भई देशभर लकडाउनका कारण सबै विद्यालयहरु पूर्ण रुपमा बन्द भएको र शिक्षकहरुको कार्य सम्पादन मूल्याङ्कन फारम भर्न, दर्ता गराउन र मूल्याङ्कन गर्न सकिएको थिएन ।

शिक्षक सेवा आयोग नियमावली,२०५७ (संशोधनसहित) को नियम ३२ घ को उपनियम ७ मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र शुरु भएको ३० दिभित्र कार्यसम्पादन मूल्याङ्कन फारम भरी सम्वन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

हाल सरकारले साउन ७ गतेदेखि देशभर लकडाउन खुल्ला गरि विस्तारै शिक्षकहरु विद्यालयमा उपस्थित हुने र कार्यालयहरु नियमित संचालन हुने भएकाले कार्य सम्पादन मूल्याङ्कन फारम निर्धारित समयमा दर्ता गराउन छुट भएका शिक्षकहरुले आआफ्नो कार्य सम्पादन मूल्याङ्न फारम सम्वन्धित विद्यालयमा दर्ता गराउन आयोगले अनुरोध गरेको ।

आयोगको सूचना अनुसार साउन १५ देखि ३० दिनभित्र (भदौ १२गतेसम्म)दर्ता गराउन भनेको छ । साथै शिक्षकहरुको शैक्षिक वर्ष २०७६ को कार्य सम्पादन मूल्याङ्न सम्वन्धमा फारम शिक्षक सेवा आयोगको नियमावली २०५७ को दशौ संशोधन बमोजिम हुने र मूल्याङ्कन सम्वन्धी आयोगले गत कात्तिक १ गते र गत पुस १६ को निर्णय बमोजिम हुने सूचनामा उल्लेख छ ।

हेर्नूहोस् सूचना :

विस्तृतमा सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ साउन १२ सोमवार ११:४८ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...