back
NMB ad

यति धेरै संख्यामा शिक्षक निष्कासित : चार महिनामा तीन सय बढी, कहाँ कति ?

Kumari bank ad

काठमाडौं । निजी विद्यालयमा कार्यरत करिब ३ सय शिक्षक निष्कासित भएका छन् । कोभिड-१९ का कारण सरकारले चैत ६ गतेबाट विद्यालय बन्द गर्ने निणर्य गरेसँगै यति धेरै संख्यामा शिक्षक निष्कासित भएका हुन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले निजी विद्यालयको संगठन प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सञ्चालन गरेका विद्यालयबाट समेत शिक्षक निष्कासित गरेको जानकारी दिए ।

इस्टुले देशैभरका निजी विद्यालयमा कार्यरत शिक्षकको अवस्थाबारे जानकारी लिने क्रममा करिब ३ सय शिक्षक निष्कासित भएको तथ्याङ्क संकलन गरेको हो । अध्यक्ष थापाका अनुसार सबैभन्दा बढी काठमाडौंमा शिक्षक निष्कासित भएका छन् ।

काठमाडौमा २६ जना शिक्षक निष्कासित भएको जानकारी दिँदै यो संख्या अझै बढी हुन सक्ने उनले बताए । उनका अनुसार ललितपुरमा २१, झापामा १०, मोरङमा ११, सुनसरीमा ९, सप्तरीमा १२, चितवनमा ६, बाँकेमा १७, सुर्खेतमा ४, लमजुङमा १० जना शिक्षक निष्कासित भएका छन् । इस्टुले निष्कासित शिक्षकलाई तत्काल काममा लगाउन विद्यालयलाई दबाब दिएको छ ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयमा विद्यार्थी नै आउने कि नआउने अनिश्चित भइरहेको बेला केही दिनका लागि शिक्षकलाई बिदा दिनु ठूलो विषय नभएको बताए। विद्यालय नै बन्द गर्ने अवस्था आएपछि शिक्षक र कर्मचारीलाई राखिरहनु औचित्यहीन देखिएकाले केही दिनका लागि बिदा दिएको हुन सक्ने उनको भनाइ छ । तर इस्टुले भने जस्तो शिक्षकहरु निष्कासित नगरेको उनको दाबी छ ।

सरकारले विद्यार्थी भर्ना शुरु गर्ने र अनलाइन कक्षाको शुल्क लिने विषयमा निणर्य नगरेसम्म समस्या समाधान हुन नसक्ने देखिएको छ । यस्तै अवस्था भए अधिकांश साना स्कुल बन्द हुने अवस्थामा रहेको निजी विद्यालय सञ्चालकको आँकलन छ ।नेपाल समाचारपत्रबाट

वि.सं.२०७७ साउन १४ बुधवार ०८:१८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...