back
NMB ad

संबिधान कार्यान्वयन नहोस् भन्नेविरुद्ध इश्वर पोखरेलको खबरदारी

Kumari bank ad

काठमाडौ । नेकपा एमाले महासचिव इश्वर पोखरेलले नयाँ संबिधानको कार्यान्वयन नहोस् भन्नेहरुविरुद्ध खबरदारी र भण्डाफोर अभियान छेड्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले १ सय २७ औं मे दिवसको अवसरमा काठमाडौको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले प्रमुख पार्टीहरुको सहमतिमा संबिधानको कार्यान्वयनमा गराउनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने ʽयो संबिधान कसैको बक्सिस होईन र आयात गरिएको पनि होईन, अहिले पनि यो संबिधान कार्यान्वयन नहोस् भन्ने कुपात्रहरु देखिएका छन्, तिनीहरुलाई नांगेझार पार्नुपर्छ, उनीहरुविरुद्ध खबरदारी र झण्डाफोर गर्न जरुरी छ ।ʼ पोखरेलले भने, ʽराष्ट्रिय स्वाभीमानका पक्षमा एक हुनेहरुले यो संबिधान कार्यान्वयनमा लैजानुपर्नेछ ।ʼ

Ishwor Pokhrel

एक महिनापछि सरकारले ल्याउने नीति तथा कार्यक्रमले एमालेको सपना र जनतालाई समृद्ध पार्ने विषय उजागर गर्ने महासचिव पोखरेलको दाबी थियो । अब नेपाल भारतवेष्ठित होईन भूपरिवेष्ठित देशको रुपमा स्वतन्त्र भएको उनको भनाई थियो ।

कार्यक्रममा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार एवं जिफन्टका अध्यक्ष विष्णु रिमालले श्रमिकहरुको न्यूनत्तम ज्यालाको चरण समाप्त भएको भन्दै उचित ज्यालाको बिगुल फुक्न श्रमिकहरुलाई आब्हान गरेका छन् । संबिधानको कार्यान्वयनमा दबाब सिर्जना गर्न श्रमिकहरुलाई निर्देशन दिंदै पुँजी र श्रमको सहअस्तित्व कायम हुने गरि कानुन शंसोधनको चरणमा रहेको जानकारी दिएका थिए ।

कार्यक्रमअघि जिफन्टले दशौंहजारको सहभागीतामा र्यालिसहित नगर परिक्रमा गरेको थियो ।

 

१९ बैशाख २०७३, ४।००

वि.सं.२०७३ वैशाख १९ आइतवार १६:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...