back
NMB ad

जिसस मकवानपुरको स्वागत तथा बिदाई कार्यक्रम

Kumari bank ad

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बिहीबार बागमती प्रदेशका प्रमुख सचिवलाई स्वागत गरेको छ । कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर भर्खरै सरुवा भएर आउनुभएका बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मान बहादुर विकलाई स्वागत गरेको हो ।

कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायत सम्पुर्ण कर्मचारीहरुले प्रमुख सचिव विकलाई स्वागत गर्नुभएको हो ।

विदाई कार्यक्रममा जिसस प्रमुख खुलाल प्रमुख ससिचवबाट तथा बागमती प्रदेश सरकारबाट सक्दो सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा प्रमुख सचिव विकले जिससलाई भुमिका दिनुपर्नेमा आफु सकारात्मक रहेको बताउनुभयो ।

त्यस्तै जिसस परिवारले सरुवा भएर जान लाग्नुभएका शसस्त्र प्रहरी बल १४ नम्बर गणका शसस्त्र प्रहरी उपरिक्षक विकास घिमिरेलाई विदाई गरेको छ । जिसस परिवारले करीब एक वर्ष मकवानपुरमा रहेर काम गर्नुभएर काठमान्डौं सरुवा भएर जान लाग्नुभएका शसस्त्र प्रहरी उपरिक्षक घिमिरेलाई मायाको चिनोसहित विदाई गरेको हो ।

विदाई कार्यक्रममा बोल्दै जिसस प्रमुख खुलालले मकवानपुर रहँदा गर्नुभएको समन्वय र सहकार्यलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । उहाँले मकवानपुरमा पु¥याउनु भएको सहयोगको लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी उपरिक्षक घिमिरेले मकवानपुर जिल्लामा रहेर धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले आफुले सिकेका कुराहरुलाई अन्य जिल्लामा गएर पनि व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बिषेश गरि जिल्ला समन्वय समितिबाट धेरैकुरा सिक्ने अवसर पाएको भन्दै प्रमुख खुलालाई धन्यवाद समेत दिनुभयो । उहाँले समन्वय र सहजिकरणको क्षेत्रमा अन्य जिल्लाले पनि जिसस मकवानपुरबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।

वि.सं.२०७७ साउन १५ बिहीवार १६:२२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...