back
NMB ad

एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोडको आईपीओ विक्री खुला

Kumari bank ad

काठमाडौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ९८ लाख ४६ हजार छ सय रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला भएको छ ।

कम्पनीले आज शुक्रबारबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।

निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीको बिक्री खुल्ला गरेको कुल सेयर मध्येमा पाँच प्रतिसत अर्थात एक लाख ६९ हजार नौ सय दुई कित्ता सामुहिक लगानी कोषको लागि, दुई प्रतिसत अर्थात ६७ हजार नौ सय ६१ कित्ता कर्मचारीहरुको लागि र बाँकी ३१ लाख ६० हजार एक सय ८३ कित्ता सेयर भने सर्वसाधारणको लागि छुट्याईएको छ ।

सेयर खरिदको लागि सर्वसाधारणहरुले न्युनतम १० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन । अधिकृत पुंजी पाँच अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुंजी भने एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुंजी ७९ करोड २८ लाख ७७ हजार पाँच सय रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ पुग्ने छ । साधारण सेयरको बिक्री कार्य छिटोमा साउन २१ गते तथा ढिलोमा भदौ तीन गते बन्द हुने छ ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १२:२६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...