back
NMB ad

यस्तो छ शिक्षक सेवा आयोगले जारी गरेको अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने सम्वन्धी सूचना निकालेको छ । आयोगको शैक्षिक वर्ष २०७६ को कार्यसम्पादन मूल्याङ्कन फारम भर्न छुट भएका शिक्षकहरुले कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने सम्वन्धी सूचना निकालेको हो ।

आयोगले गत वैशाख ३० गते नै फारम भर्न भनेता पनि कोभिड १९ का कारण विषम परिस्थिती उत्पन्न भई देशभर लकडाउनका कारण सबै विद्यालयहरु पूर्ण रुपमा बन्द भएको र शिक्षकहरुको कार्य सम्पादन मूल्याङ्कन फारम भर्न, दर्ता गराउन र मूल्याङ्कन गर्न सकिएको थिएन ।

शिक्षक सेवा आयोग नियमावली,२०५७ (संशोधनसहित) को नियम ३२ घ को उपनियम ७ मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र शुरु भएको ३० दिभित्र कार्यसम्पादन मूल्याङ्कन फारम भरी सम्वन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।

हाल सरकारले साउन ७ गतेदेखि देशभर लकडाउन खुल्ला गरि विस्तारै शिक्षकहरु विद्यालयमा उपस्थित हुने र कार्यालयहरु नियमित संचालन हुने भएकाले कार्य सम्पादन मूल्याङ्कन फारम निर्धारित समयमा दर्ता गराउन छुट भएका शिक्षकहरुले आआफ्नो कार्य सम्पादन मूल्याङ्न फारम सम्वन्धित विद्यालयमा दर्ता गराउन आयोगले अनुरोध गरेको ।

आयोगको सूचना अनुसार साउन १५ देखि ३० दिनभित्र (भदौ १२गतेसम्म)दर्ता गराउन भनेको छ । साथै शिक्षकहरुको शैक्षिक वर्ष २०७६ को कार्य सम्पादन मूल्याङ्न सम्वन्धमा फारम शिक्षक सेवा आयोगको नियमावली २०५७ को दशौ संशोधन बमोजिम हुने र मूल्याङ्कन सम्वन्धी आयोगले गत कात्तिक १ गते र गत पुस १६ को निर्णय बमोजिम हुने सूचनामा उल्लेख छ ।

हेर्नूहोस् सूचना :

विस्तृतमा सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १४:०७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...