back
NMB ad

भोलिदेखि सार्वजनिक यातायात पूर्ण रुपमा निषेध !

Kumari bank ad

भद्रपुर । झापाको बिर्तामोडमा पुनः अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरिएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगर क्षेत्रमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै बिर्तामोड नगरपालिकाले अनिश्चितकालीन लकडाउनको निर्णय गरेको हो।

बाह्रदशीका एक संक्रमित केहीदेखि अघि बिर्तामोड आएको र बिर्तामोडका एक महिला प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाभित्र कोरोनाको जोखिम बढेकोले लकडाउन गर्ने निर्णय गरेको हो।

आइतबार राति १२ बजेदेखि लागु हुने गरी लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ। आइतबार नगरपालिकामा बसेको सर्वपक्षीय आकस्मिक बैठकले स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरू पूर्ण बन्द गर्ने, लामो दूरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सीधै गन्तव्यतर्फ जान दिने निर्णय भएको छ।

त्यसै गरी अति आवश्यक खाद्यलगायतका ढुवानी गर्ने साधनलाई चल्न दिइने भएको छ। त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिनुपर्ने नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए। बिर्तामोडमा संक्रमितसँगको ट्रेसिङ र टेस्टिङ गर्न अर्को सूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुने उनले बताए।

यस्तै निजी तथा सार्वजनिक सवारी साधनलाई नगर क्षेत्रमा पूर्ण रुपमा निषेध गरिने उनको भनाइ छ। यसैबीच नगर क्षेत्रभित्र बिहान ८ बजेदेखि ११ बजेसम्म भने खाद्यान्न, दूध, तरकारी लगायतका पसलहरू सञ्चालन गर्न दिइने जनाइएको छ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिँदै गएको भन्दै नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गर्नुपरेको नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले जानकारी दिए।

वि.सं.२०७७ साउन १८ आइतवार २१:२८ मा प्रकाशित

You can share this post!

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...