काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ । सरकारले गाईजात्रा पर्वको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको हो ।
हरेक वर्ष जनै पूर्णिमा भोलिपल्ट काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा नेवार समुदायमा गाईजात्रा पर्व मनाउने गरिएको छ । तर, सरकारले काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक बिदा दिँदै आएको छ ।
यस वर्षको गाईजात्रा साउन २० मंगलबार (भोलि) परेको छ । गत चैत १७ गते प्रकाशित राजपत्रकाअनुसार साउन २० गते गाईजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने उल्लेख छ ।
वि.सं.२०७७ साउन १९ सोमवार १७:४४ मा प्रकाशित