back
NMB ad

टेलिकमको पनि मोबाइल वालेट आउने, सहायक कम्पनीले अघि बढायो प्रक्रिया

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले भुक्तानी सेवा प्रदायक (पीएसपी) को काम सुरु गरेको छ । नेपाल टेलिकमले मोबाइल फाइनान्स सर्भिस (एमएफएस) नामको सेवाको लागि प्रक्रिया सुरु गरेको हो ।

यसका लागि नेपाल राष्ट्र बैंकबाट आशयपत्र समेत पाइसकेको छ । टेलिकमले नेपाल डिजिटल पेमेन्ट कम्पनी नामको छुट्टै सहायक कम्पनी स्थापना गरेको छ ।

सो कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकको समेत आंशिक लगानी छ । सो कम्पनीलाई नेपाल राष्ट्र बैंकले पीएसपी लाइसेन्सका लागि आशयपत्र दिएसँगै त्यस्तो सिस्टम खरिदका लागि कम्पनीले प्रस्ताव आह्वान गरिसकेको छ ।

कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत निर्मल श्रेष्ठले आफूहरु सरकारी स्वामित्वका कम्पनीहरुको लगानी भएको कम्पनी भएकोले सरकारी भुक्तानीहरुलाई व्यवस्थित गर्ने हिसाबले बजारमा आउन लागेको बताए ।

भुक्तानी सेवा प्रदायक नै भएपनि आफ्नो मूल कम्पनीसँगको सहकार्यमा भुक्तानी सेवालाई विस्तार गर्ने र यसलाई विश्वसनीय बनाउँदै लैजाने योजना रहेको समेत उनको भनाई छ ।

१ अर्ब रुपैंया अधिकृत पुँजी भएको सो कम्पनीको जारी पुँजी भने हालसम्म ४० करोड रुपैंया मात्रै छ । पूर्वाधार पूरा गरेर राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएसँगै यसले बजारमा भुक्तानी सेवाको काम सुरु गर्नेछ ।

मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमति बन्द गरेको छ । तर, आफूहरुले एलओआई पाइसकेकोले मौद्रिक नीतिको उक्त व्यवस्था आफूहरुलाई आकर्षित नहुने श्रेष्ठको दाबी छ । अहिले बजारमा आईएमई पे, इसेवा, सेलपे, खल्ती, प्रभुपे जस्ता १४ डिजिटल भुक्तानी सेवा प्रदायकले सञ्चालन अनुमति पाएका छन् ।

वि.सं.२०७७ साउन २० मंगलवार १३:५१ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...