back
NMB ad

जनताको योगदान हुने गरी योजनाहरु ल्याउनुपर्छ : मन्त्री फुयाँल

Kumari bank ad

चितवन । बागमती प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले विकास निर्माणमा प्रभावकारी काम हुनु पर्ने बताएका छन् ।चितवनको राप्ती नगरपालिकामा चिप्लेटी कुलोको निरीक्षणका क्रममा मन्त्री फुयाँलले योजनाका लागि पैसाको अभाव नहुने तर प्रभावकारी काम हुनु पर्ने बताएका हुन् ।

विकास निर्माणमा पनि भ्रष्टचार शुन्य सहनशीलताको नीति लिनु पर्छ मन्त्री फुयाँलले भने – हिसाब सार्वजनिक गरेर काम गर्नुस् पैसाको कमी हुँदैन । जनताको योगदान हुने गरी योजनाहरु ल्याउनु पर्ने उनको भनाई थियो ।

मन्त्री फुयाँलले संघ, प्रदेश र स्थानीय सरकार जनता मिलेर काम गरे प्रभावकारी काम हुने औल्याए । त्यसले विकासमा फड्को समेत मार्ने बताए । मन्त्री फुयाँलले कोरोना भाईरसले सवै क्षेत्रमा असर पुर्याएको भन्दै उत्पादन वृद्धी हुने गतिविधी गर्नु पर्ने बताए । राप्ती नगरपालिका मेयर प्रभा बरालले भौतिक पुर्वाधारको काम दिगो हुनु पर्ने बताईन् ।

पूर्वाधार निर्माण प्रभावकारी नहुँदा करोडौ रकम नोक्सान भईरहेको छ मेयर बरालले भनिन् – दिगो किसिमले निर्माणको काम गर्नु पर्छ । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पहलमा भौतिक मन्त्रालयबाट कुलो निर्माणका लागि गत वर्ष १ करोड ३९ लाख विनियोजन भएको थियो ।

जीर्ण अवस्थामा रहेको कुलो आरसिसि ढलान निर्माण गरेर अहिले राप्ती ७ र ८ मा २ सय ८६ विगाहा जग्गामा खेती भएको कुलो निर्माण समितिका अध्यक्ष श्यामलाल विश्वकर्माले बताए । मुख्य कुलो र शाखा कुलो निर्माणका लागि अझै ३ करोड आवश्यक पर्ने भन्दै उनले मन्त्री फुयाँलको ध्यानाकर्षण गराए ।

कुलो निरीक्षणका क्रममा बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलिया, राप्ती नगरपालिका मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामा, राप्ती ८ का वडाध्यक्ष वुद्धिराज थपलिया, जिल्ला सहकारी संघका अध्यक्ष हरि प्रसाद पौडेल, नेकपा नेताहरु रामचन्द्र पाठक, गोविन्द कडेंल, युवा नेता केदार आचार्य लगायतको उपस्थिती रहेको थियो ।

वि.सं.२०७७ साउन २१ बुधवार १८:०६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...