काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार चार कम्पनीको एक करोड ३० लाख ७३ हजार ४९८ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा सोल्टी होटेल, प्रभु इन्स्योरेन्स, ग्लोबल आइएमई लघुवित्त र एक्सेल डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो । नेप्सेमा सोल्टी होटेल लिमिटेडको १ करोड ९ लाख ९० हजार ४३६ युनिट कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यस्तै, प्रभु इन्स्योरेन्स को ५ लाख ११ हजार ९८९ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले अघिल्लो वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश दिएको हो ।
त्यसैगरि ग्लोबल आइएईको ३ लाख ८६ हजार ६०१ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले अघिल्लो आवको १७ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
यस्तै, एक्सेल डेभलपमेण्ट बैंकको ११ लाख ८४ हजार ४७२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताहरुले खरीदविक्री गर्न सक्नेछन् ।
वि.सं.२०७७ साउन २२ बिहीवार १६:०१ मा प्रकाशित