back
NMB ad

अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने प्रशासनको निर्णय, यस्तो आयो सूचना !

Kumari bank ad

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । बिहीबार सूचना जारी गर्दै कार्यालयले अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभए सम्मका लागि बन्द गरिएको जानकारी दिएको हो।

साउन २५ गतेदेखि लागू हुनेगरी नागरिकता, राहदानी सिफारिस, संघसंस्था दर्ता तथा नविकरणसँगै अन्य सेवा बन्द गरिएको प्रशासनले जनाएको छ।सुर्खेतमा समेत कोरोना संक्रमितको दर नघटेकोले संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा बन्द गरिएको कार्यालयले जनाएको छ।

जिल्लामा साउन २० गतेदेखि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार सभा, गोष्ठी, तालिम, जात्रा, महोत्सव गर्न रोक लगाइएको थियो।

कार्यालयहरूमा अत्यधिक रूपमा सेवाग्राहीको भीड लाग्न थालेपछि जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए।

वि.सं.२०७७ साउन २२ बिहीवार १७:१९ मा प्रकाशित

You can share this post!

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...