back
NMB ad

मन्त्रीसहित कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मन्त्रिपरिषद कार्यालय सिल !

Kumari bank ad

जनकपुर । प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कामकाज बन्द गरिएको छ । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सत्तारुढ जसपाका प्रदेशसभा सदस्य डा.रिना यादव र विभिन्न मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएसँगै कार्यालयको कामकाज बन्द गरिएको हो ।

मन्त्री यादव, प्रदेशसभा सदस्य डा.यादव लगायत कर्मचारीमा कोरोना पुष्टि भएपछि मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयभित्र प्रवेश निषेध गरी सिल गरिएको छ । आन्तरिक मामिला मन्त्रालयमा बुधबार ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि सामाजिक विकास मन्त्रालयमा ४ र मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएलगत्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सतर्कता र सुरक्षा अपनाउन मन्त्रालयहरुको कामकाज बन्द गरिएको जनाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सम्पूर्ण काम बन्द गरेर मूल ढोकामै ताल्चा लगाइएको छ भने सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालयमा बुधवार ताला लगाइएको छ ।

कोरोना संक्रमण फैलिनसक्ने भन्दै मुख्यमन्त्रीसहित केही मन्त्रीहरु निवासबाटै काम गरिरहेका छन् भने केहि मन्त्रीहरु भने आ–आफ्नो गृहजिल्ला गएको मन्त्रालायका एक कर्मचारीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मुलद्वारमा खटिएका सुरक्षाकर्मीले मन्त्रीदेखि कर्मचारी बाहेक अन्यलाई भित्र प्रवेश गर्न समेत निषेध गरेका छन् । मन्त्रिपरिषद कार्यालयले एक सूचना प्रकाशित गरी ६ जना कर्मचारीमा संक्रमण पुष्टि भएकोले हालका लागि कार्यालय सिल गरिएको जनाएको छ । -रातोपाटीबाट

वि.सं.२०७७ साउन २२ बिहीवार १८:४३ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...