back
NMB ad

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लागू गर्यो सवारी पासमा नयाँ व्यवस्था, यस्तो छ प्रक्रिया

Kumari bank ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ। कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए।

प्राप्त विवरणअनुसार बिहीबार मात्रै मुलुकभर ३६० जनामा कोरोना देखिएकोमा उपत्यकाका मात्रै ८७ जना छन्। अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौँ प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने हुन्छ। निवेदन दिएर सोही दिन पास लिन कुर्दा मानिसको भीडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ।

पाण्डेका अनुसार अघिल्लो दिन सङ्कलन भएको निवेदनको आधारमा भोलिपल्ट बिहान ८ बजेबाट पास वितरण गरिने छ। त्यसका लागि गेटमै निवेदन दिने र सोही स्थानबाट पास लिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौँमा पछिल्लो समयमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले आवागनमा कडाइ गरिएको तथा सीमा नाकामा निगरानी बढाइएको छ। गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै अत्यावश्यक काम बाहेकका लागि पास नदिन निर्देशन जारी गरिसकेको छ। मन्त्रालयले आजदेखि लागू हुने गरी यातायातमा जोर बिजोर प्रणाली लागू गरेको छ।

वि.सं.२०७७ साउन २२ बिहीवार १९:०८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...