back
NMB ad

प्लस टु पास नगर्ने अब पत्रकार बन्न पाउँदैनन्: महासंघ

Kumari bank ad

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले एसएलसी मात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ ।
मङ्गलबारदेखि चितवनको रत्ननगरमा हुन लागेको विधान सभामा उक्त संशोधन प्रस्ताव पेस गर्न लागिएको पत्रकार महासङ्घले जनाएको छ। महासङ्घले सभासद्लाई अध्ययनका लागि दिएको उक्त विधान संशोधनको प्रस्तावमा पत्रकार बन्नलाई अब कम्तीमा पनि उच्च माध्यमिक तह वा सो सरहको पढाइ हुनुपर्ने प्रावधान राखिएको छ ।

यसअघिको विधानमा एसएलसी गरेर मापदण्ड पुगेका पत्रकार बन्न पाउने प्रावधान थियो । पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासङ्घका अध्यक्ष महेन्द्र विष्टले जानकारी दिए।

महासङ्घको कात्तिक २७ को बैठकले विधान संशोधन गर्ने निर्णय गरेअनुरुप फागुन १९ मा सभासद् र सदस्यबाट आएको सुझाव समेटेर चैत १५ मा उक्त प्रस्ताव पारित गरिएको हो ।

यस वर्ष पेसा र भौतिक सुरक्षालाई प्राथमिकता दिँदै पत्रकार तथा आमसञ्चारमाध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने भन्ने बुँदा थप गरिएको छ । प्रस्तावमा कार्यकारिणी सभालाई केन्द्रीय सभा बनाउने, सभासद्लाई केन्द्रीय सभासद् र प्रदेश सभा नयाँ थप्ने प्रस्ताव ल्याइएको छ । भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भए पनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ।

यसमा सातवटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पुर्‍याउने योजना छ । यस्तै केन्द्रीय सभामा चयन हुने सभासद् यसअघि १० बराबर १ रहेकामा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ ।

यसैबीच, महासङ्घको साधारणसभाका लागि केन्द्रीय समितिको टोली आइतबार साँझ रत्ननगर आइपुगेको छ । साधारणसभामा एक हजार ६५१ सदस्य सहभागी हुनेछन् । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने महासङ्घले जनाएको छ । स्थानीय तहको तयारी लगभग पूरा भएको चितवन शाखाका अध्यक्ष हरि पोखरेलले जानकारी दिए।

२० बैशाख २०७३, १.००

वि.सं.२०७३ वैशाख २० सोमवार १६:२५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...