back
NMB ad

यी हुन् भदौ ८ गतेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा बन्द हुने सेवा तथा क्षेत्रहरु !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूले प्रदान गर्ने सेवा घटाएका छन्।

आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको बैठकले २५ साउनदेखि ८ भदौसम्मका लागि सेवा प्रवाह घटाउने निर्णय गरेको हो।

बैठकपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार नागरिकता र प्रतिलिपि वितरण, राहदानी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता साथै नविकरण, निजी सुरक्षा कम्पनी नवीकरण र नाबालिग परिचयपत्र वितरणसम्बन्धी सेवा हाललाई स्थगित गरिएको छ ।

तर, शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यक कामको लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने नियमित हुनेछ ।
करीब तीन महिना लामो लकडाउनपछि १ असारदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण सेवाहरू नियमित गरेको थियो।

नियमित सेवा प्रवाहमा आवश्यक सतर्कता अपनाइएको भए पनि सेवाग्राहीको अत्याधिक भीडभाडका कोरोनाको जोखिम बढेकाले अहिलेलाई केही सेवा प्रवाह स्थगित गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १९:०० मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...