back
NMB ad

दैनिक ३० पुरुषबाट बलात्कार : १६ वर्षभित्रै ४३ हजार २ सय पटक बलात्कृत युवतीको दर्दनाक कथा

Kumari bank ad

काठमाडौं । उमेर करिब १२/१३ वर्ष । दैनिक ३० पुरुषबाट बलात्कार । सुन्दा विश्वास नलाग्न सक्छ, तर म्याक्सिकोकी महिला कार्ला जाकिन्टोको वास्तविकता यस्तै छ ।

हो, मानव तस्करको पन्जामा परेपछि कार्ला उनकै गणनामा चार वर्षको अवधिमा ४३ हजार २ सयपटकसम्म बलात्कृत भइन् । सम्भवत उनी सबैभन्दा सानो उमेरमा धेरैपटक बलात्कृत हुने संसारकै पहिलो किशोरी हुन ।उनको भनाइअनुसार सो अवधिमा उनीमाथि दैनिक बलात्कार भएको थियो ।

मेक्सिकोकी एउटा गाउँकी कार्ला नियतिले पनि ठगिएकी युवती हुन् । पारिवारिक विखन्डनका कारण उनी सानैदेखि आमाबाट अपहेलित बनिन्,जसका कारण आफ्नै घर पराइ बन्यो । ‘म विखन्डित परिवारको प्रतिनिधित्व गर्छु । मलाई पाँच वर्षदेखि आफ्नै नातेदारहरबाट यौन दुव्र्यवहार भयो’ हाल २५ वर्ष पुगेकी कार्ला आफ्नो अतित सुनाउँछिन् ।

उनी १२ वर्ष पुग्दा नपुग्दै मानव तस्करको पन्जामा परिन् । तस्करका मीठा शब्द र गाडी चढ्ने प्रलोभनमा उनी सजिले फसिन् । एक दिन उनी मेक्सिकोसिटिको सबवे सटेसनमा साथिलाइ कुर्दै थिइन् । एउटा ‘सानो केटा’ आएर उनलाइ एकमुठी चकलेट दिए । ती चकलेट कुनै युवालाइ उपहारस्वरुप उनलाइ पठाएका थिए । बाह्रवर्षे बालिकालाइ फसाउनु चकलेट नै काफी थियो । केहि मिनेटमै ती युवक युवतीनजिक आएर आफुलाइ कार विक्रेताको परिचय दिए । पुरुषले आफु पनि बाल्यकालमा दुव्र्यवहारको सिकार भएको बताएपछि कार्लाको प्रारम्भिक संकोच हराउँछ । उनीहरुले फोन नम्बर साटासाट गर्छन् ।

‘उसको ठुलो कार देख्दा नै निकै प्रभावित भएँ । उसँगै घुम्न जान उत्सुक भएँ ।’ कार्ला अतीत कोट्याउँछिन् । तर, युवाले कार्लालाइ प्रेमको नाटक गरेका थिए, जसको वास्तविकता निर्दोष बालिकाले थाहा पाइनन् । ‘भोलिपल्ट मैले घर छोडेँ । उसंगै म झन्डे तीन महिना बसेँ । उसले निकै राम्रो व्यवहार देखायो । निके माया गर्यो लुगा, जुत्ता , फुल, चकले लगाएत जे भन्यो त्यही किनिदिन्थो । सब चिज सुन्दर लाग्थ्यो,’ उनी अतीत सम्झिन्छिन । तर उनको खतराका दिन सुरू भइसकेको थियो ।

वास्तवमा उनी बेचिइसकेकी रहिछिन् । ‘केही दिनपछि उसले मलाइ वास्तविकता भन्न थाल्यो । गा्रहकसंग प्रस्तुत हुने शैली , मैले गर्नुपर्ने काम र दिनुपर्ने दिनुपर्ने सेवाबारे उसले लामो आरिन्टेसन दियो । मैले दैनिक ३० जनाको योन प्यास मेटाइदिनुपर्ने उसले बताएपछि छाँगाबाट झरेजस्तै भएँ,’ उनी भन्छिन ।

चार बर्ष नर्कमा

वास्तवमा उनले नर्कका दिन सुरु भइसकेका थिए । देहव्यापारका लागि उनलाइ मेम्सिकोको सबैभन्दा ठुलो ग्वालाजारा सहर पुर्याइएको थियो । ‘म विहान १० बजेदेखि ड्युटी सुरु गर्थे र मध्यरातमा सकिन्थ्यो ।

दैनिक २० जना ग्राहक आउँथे । म रोएको देख्दा केही ग्राहक गललल्ल हाँस्थे । म आक्रोशित हुन्थेँ । उनीहरुले ममाथि गेरेको क्रियाकलाप देख्न नसकेर म आँखाका ढकनी बन्द गर्थेँ ।’

पेसेवर देहव्यापारमा मलाई बाध्य पारिएकी उनको ड्युटी सिफ्ट भइरहन्थ्यो । उनलाई वेश्यालय, सडकका होटेल, वेश्यालयका लागि प्रख्यात सडक, र कहिलेकाहीँ अर्डरअनुसार घरमै होम सर्भिस दिन पठाइन्थ्यो । उनलाई कुनै बिदा भन्ने थिएन । विस्तारै उनलाई दैनिक ३० जना सम्म ग्राहकको तृष्ण मेटाउन पथ्र्यो । धैरैपटक बिरामी परिन् तर सुन्ने कोही भएनन् ।

एक ग्राहकले दुव्र्यवहार गरेपछी कार्लाले दलालको नराम्रो हप्की खानुपरेको थियो । ‘ग्राहकले मेरो अनुहारमा खत बसालेर टोकेपछि दलालले नीलडाम हुने गरी फलामको सिक्रीले हिर्कायो “उनी भन्छिन ।

एक दिन होटेलमा ग्राहकले उनलाइ दुव्र्यवहार गर्दा आकस्मिक प्रहरी पस्यो । उनले सोचिन अब भाग्यको दिन आए । प्रहरीले उनीलगाएत अरु युवतीलाइ उद्दार गर्ने कार्लाको आशा थियो । तर, उनको आशा तत्कालै त्रासमा बदलियो ।

अन्दाजी ३० बर्षका प्रहरी अधिकारीले ग्राहक र युवतीलाई विभिन्न आपत्तिजनक अवस्थामा राखेर भिडियो पो खिचिदिए । आफुले भनेको आसनमा यौनप्यास मेट्न नदिए सो भिडियो उनीहरुका आफन्तलाई बुझाइदिने प्रहरीको धम्की दियो । उनी झन विक्षप्त बनिन् ।

त्यहाँ झन्डै १० वर्षका बालिकादेखि किशोरी र केही युवती थिए जसले रुँदै प्रहरीसँग रिहाइका लागि याचना गरेका थिए , तर प्रहरीले नै खेलवाड गरिदियो, उनी भन्छिन । त्यतिवेला कार्ला १४ बर्षकी थिइन् । सोही बेला उनी दलालबाट गर्भवती भइन र छोरी जन्माइन् । उनीमाथिको दुव्र्यवहार रोकिएन । दलालले उनले जन्माएको शिशुलाई सौदाबाजिको हतियार बनाउन थाल्यो । उसका हरेक इच्छा पूरा नगरे नावालक छोरी लाइ घाँटी निचोरेर मारिदिने बारम्बार चेतावनी दिन थाल्यो ।

सन् २००८ मा प्रहरीले मेक्सिका् सहरमा तस्करीविरुद्द विशेष कारबाही चलाएको थियो । सोही क्रममा उनको अप्रत्यासित उद्दार भयो । उनले चार बर्ष लामो अग्निपरिक्षा पार गरिन् । उद्दार गरिँदा उनी केवल १६ वर्षकी थिइन् । तर, उनिमाथि जिन्दगीभर कहिल्यै नमेटिने कलंकको दाग लागेको छ । कार्ला अहिले २५ वर्ष पुगेकी छिन् । उनी मानवतस्करविरुद्द ठाउँठाउँमा घन्काउँदै आफुले भोगेका पिडा सार्वजनिक कार्यक्रममा सेयर गर्दै हिँड्छिन् ।

दुईवर्षअघि उनले आफ्ना कथा क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिललाई बताएकी थिइन् । सोही वर्षको मेमा अमेरिकी कंग्रेसमा पनि सुनाएकी थिइन् । उनको पिडादायी कथाले कार्लाजस्ता हजारौं युवती जीवनलाई बर्बादीतर्फ धकेलेको मेक्सिकोको पासविक मानव तस्करको वास्तविकतालाई उजागर गर्छ । एजेन्सि

वि.सं.२०७७ साउन २४ शनिवार ०८:५७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...