back
NMB ad

गोंगबु घटना : भेटियो हत्यामा प्रयोग गरिएको खुकुरी र मृतकको कपडा, यसो भन्छिन् आरोपित महिला !

Kumari bank ad

काठमाडौँ । गोंगबुमा विभत्स हत्या गरेको अभियोगमा चितवनबाट पक्राउ परेकी एक महिलालाई मंगलबार बिहान काठमाडौं ल्याइएको छ ।

रोल्पा स्थायी घर भई दाङ बसाइँसराइँ गरेर हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा ती महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरी राति नै काठमाडौं ल्याएको हो ।

हत्या आरोपित महिलालाई थप प्रमाण संकलनका लागि अहिले घटनास्थलमा लगिएको छ । घटनास्थल नजिकैको एक घरमा भाडामा बस्दै आएकी उनले राति बोलाएर बोहराको खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेकी छन् । महिलाले हत्यामा प्रयोग गरेको खुकुरी पनि बरामद गरेको छ । महिलाको कोठाबाटै प्रहरीले मृतक बोहराले लगाउने कपडासमेत फेला पारेको स्रोतले बतायो ।

‘अहिले घटनास्थलमा महिलालाई लगेर थप प्रमाण संकलन गर्ने काम भइरहेको छ,’ प्रहरी स्रोतले कान्तिपुरसँग भन्यो, ‘हत्या एक्लै गरेको हुन नसक्ने हाम्रो बुझाइ छ, अनुसन्धानले पनि त्यस्तै देखाउँछ तर अरु व्यक्ति पक्राउ परीनसकेकोले अहिले नै यसै भन्न सकिने अवस्था छैन ।’

वि.सं.२०७७ साउन २७ मंगलवार ०८:२० मा प्रकाशित

You can share this post!

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:४२

चितवन, १४ जेठ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३८

खजुरा (बाँके) :  गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी...

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३१

काठमाडौँ :  नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा...