back
NMB ad

घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते

Kumari bank ad

डोटी । डोटीको आदर्श गाउँपालिका १ बाँझककनीमा घर भत्किँदा परिवारका चार जनाको मृत्यु भएको छ। अरु पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार स्थानीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा श्रीमती विष्ना, १२ वर्षीय छोरा पारस तथा छोरीहरु ८ वर्षीया सिर्जना र ४ वर्षीया जेनिशा छन् ।

ढुङ्गा र माटोको गाह्रोले बनाएको घर पुरानो भएर भत्किएको मल्लले बताए। उक्त ठाउँमा पानी परिरहेको छ। तीन तले घरको भुईं तलामा चौपाया थिए । घर भत्किँदा दुई वटा गोरु, एउटा गाई र दुई वटा बाख्रा पनि थिचिएका छन्।

घरधनी लोगे, उनकी आमा र एक छोरी घाइते छन्। यस्तै पाहुना आएकी सासु र साला पनि घाइते छन्। उनीहरुको उपचारका लागि सदरमुकाम दिपायल लगिँदैछ ।

घर राति १ बजे भत्किएको हो। वडाध्यक्षले बिहान ३ बजे प्रहरीलाई खबर गरेका थिए। बिहान ५ बजे स्थानीय चौकीबाट प्रहरी घटनास्थल पुगेको मल्लले जानकारी दिए।

वि.सं.२०७७ साउन २७ मंगलवार ०८:२९ मा प्रकाशित

You can share this post!

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५०

गलकोट (बागलुङ), १० जेठ : कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका...