back
NMB ad

गोंगबु हत्याकान्डको खुल्यो थप रहस्य : यस्तो रहेछ खास कारण !

Kumari bank ad

काठमाडौं । गोंगबु हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरीले आफ्नो नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेकोले कृष्णबहादुरको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ।

बोहरासँग ३/४ वर्षअघिदेखि फेसबुकमा चिनजान भएको र फेसबुकमै कुराकानी हुने गरेको कल्पनालाई उद्धृत गर्दै प्रहरीले बताएको छ।हिजो चितवनबाट पक्राउ गरी ल्याइएकी कल्पनालाई केही बेरअघि सार्वजनिक गर्दै प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रारम्भिक बयानमा कल्पनाले आफूले दहीमा स्लिपिङ ट्याब्लेट मिसाएर खान दिइ हत्या गरेको स्वीकार गरेको महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

“उनले बयानको क्रममा बेलुका खाना खान बोलाएर कृष्णबहादुर बोहराको हत्या गरेको स्वीकार गरेकी छन“, पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

बोहराको शव २५ साउनमा बिहान काठमाडौं गोंगबुको गणेशथान मन्दिर नजिकै नवज्योती मार्गमा भेटिएको थियो। उनको शरीर सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको थियो।

बोहराको शवको पहिचान हिजो दिउँसो भएको थियो। प्रहरीले शवको पहिचानसँगै हत्यामा संलग्न भएको आशंकामा चितवनबाट पक्राउ कल्पना र उनकी छोरीलाई हिजो साँझ पक्राउ गरेको थियो। १० कक्षामा अध्ययनरत् छोरीले शव व्यवस्थामा सहयोग गरेको कल्पनाले बताएकी छन्। देखापडीबाट

वि.सं.२०७७ साउन २७ मंगलवार ११:४४ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...